इलाम : इलामको सूर्योदय नगरपालिकाको नगरप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रणबहादुर राई र उपप्रमुखमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल जितको नजिक पुगेका छन् ।
गठबन्धनका तर्फबाट नगर प्रमुखको उम्मेद्वार बनेका एकीकृत समाजवादीका राईले निकटतम प्रतिष्पर्धी भन्दा १ हजार ३ सय ९० मतान्तरका साथ अग्रता लिईरहेका छन् । १३ वटा वडाको मतगणना सम्पन्न भईसक्दा ११ हजार ४ सय ८ मत प्राप्त गरी जित नजिक पुगेका छन् । उनका प्रतिष्पर्धी नेकपा (एमाले) का काजीमान कागते १० हजार १८ मतका साथ दोस्रो स्थानमा छन् ।
त्यस्तै गठबन्धनका तर्फबाट उपप्रमुखको प्रमुखको उम्मेद्वार बनेका कांग्रेसका बरालले पनि निकटतम प्रतिष्पर्धी भन्दा २ हजार ३ सय ७९ को अग्रता लिएका छन् । बरालले १० हजार ९ सय १३ मत पाउँदा उनका निकटतम प्रतिष्पर्धी एमालेकी निवर्तमान उपप्रमुख दुर्गादेवी भट्टराईले ८ हजार ५ सय ३४ मत मात्र पाएकी छन् ।
अब १४ नम्बरको मतगणना गर्न बाँकी छ । उक्त वडाको गणना गर्दा पनि गठबन्धन बलियो देखिएकाले दुबै उम्मेदवारको जित भने निश्चित भएको छ ।