जुम्लामा एमाले ‘क्लीन स्वीप’

  नयाँ बुलन्द
133 Shares

 

जुम्ला : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जुम्लामा नेकपा एमाले ‘क्लीन स्वीप’ भएको छ ।

८ वटा स्थानीय तह रहेको जुम्लामा सबैभन्द बढी नेपाली कांग्रेसले ५ पालिका जितेको छ । नेकपा माओवादी केन्द्रले दुई पालिका पालिकामा जित हाँसिल गर्दा एक पालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी भएकाे छ । नेकपा एकीकृत समाजवादीले भने एक उपाध्यक्षमा चित्ता बुझाउनु परेको छ ।

कांग्रेसले कनकासुन्दरी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र हिमा गाउँपालिका प्रमुख जितको छ ।

माओवादी केन्द्रले तिला गाउँपालिका र सिंजा गाउँपालिका प्रमुख जित्दा स्वतन्त्र उम्मेदवारले चन्दननाथ नगरपालिका प्रमुख जितेको छ ।

कनकासुन्दरी गाउँपालिका अध्यक्षमा र उपाध्यक्ष दुवै कांग्रेसले जितेकाे छ। अध्यक्षमा दामोदरप्रसाद आचार्य २ हजार ८०६ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार धनबहादुर रावतलाई २४३ मतान्तरले पराजित गरे । पराजित धनबहादुर रावतले २,५६३ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसका उम्मेदवार प्रेमकली बुढा २,३८० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रीता खत्रीले १,९४५ मत ल्याए ।

गुठिचौर गाउँपालिका अध्यक्षमा कांग्रेसका दानबहादुर बुढा १,७७५ मतसहित निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार जनक थकालीलाई १७१ मतान्तरले पराजित गरे । थकालीले १,६०४ मत ल्याए ।

उपाध्यक्षमा भने एकिकृत समाजवादीका उम्मेदवार शान्तिकुमारी मल्ल भण्डारी निर्वाचित भएका छन् । उनले १,५०३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका राज कन्या बुढाले १,२१४ मत ल्याए ।

तातोपानी गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार नन्दप्रसाद चौलागाईं निर्वाचित हुँदा उपप्रमुखमा माओवादी केन्द्रका रेवती रावल विजयी भएका छन् । अध्यक्षमा चौलागाईंले २,३२० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका वीरबहादुर कुँवरले १,८०६ मत ल्याए ।

पातारासी गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार पूर्ण सिंगे बोहोरा २,७६८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर बुढालाई १०० मतान्तरले पराजित गरे । पराजित हरिबहादुर बुढाले २,६६८ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका जनमाया रोकाया २,७२५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शान्ति बुढाले २,४६३ मत ल्याए ।

हिमा गाउँपालिका पनि कांग्रेसले नै जितेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मणबहादुर शाही १,८७२ मत ल्याई विजयी भए । उनले माआवादी केन्द्रका अम्मराज शाहीलाई ४४९ मतान्तरले पराजित गरे । पराजित अम्मराज शाहीले १,४२३ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै सुर्पना शाही १,५१८ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कल्पना दमाईले १,४८९ मत ल्याएका छन् ।

तिला गाउँपालिकामा भने प्रमुख र उपप्रमुख दुवै माओवादी केन्द्रले जितको छ । गाउँपालिका अध्यक्षमा मोतिलाल रोकाया १,९३६ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार एकराज उपाध्यायले १,९१५ मत ल्याए ।

उपाध्यक्षमा पनि माओवादीका गोरीकला बुढा २,०२२ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुष्मा श्रेष्ठ रोकायाले १,८०७ मत ल्याए ।

सिंजा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल १,९४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नन्दराम बुढालाई ११८ मतान्तरले पराजित गरे । पराजित नन्दराम बुढाले १,८३१ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सितली रोकाया १,९५६ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रजन्कला शाहीले १,०६९ मत ल्याएका छन् ।

चन्दननाथ नगरपालिका प्रमुख स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । उनले २,४०३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार पदमबहादुर शाहीले २,३४१ मत ल्याए ।

उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार रामदेवी खड्का २,८०८ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजावादीका भीमबहादुर थापाले १,६८६ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार