इलाम : जिल्लाका स्थानीय तहमा निर्वाचित ८ वटा पालिकाका प्रमुखहरूले सपथग्रहण गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङनामले विजेता प्रमुखहरूलाई सदरमुकाममा शपथग्रहण गराउनुभएको हो ।
बैशाख ३० गते सम्पन्न निर्वाचनमा विजयी इलाम, देउमाई र माई नगरपालिकाका प्रमुख त्यस्तै सन्दकपुर रोङ, माङसेवुङ र चुलाचुली गाउपालिकाका अध्यक्षहरूले शपथ लिएका छन् ।
इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा, देउमाई नगरपालिकामा नेकपा (एमाले)का सूर्य पोख्रेल, माई नगरपालिकामा एमालेका खम्वसिंह लिम्वु, रोङमा कांग्रेसका मणिकुमार स्याङ्वो विजयी भएका थिए ।
यस्तै, सन्दकपुरमा कांग्रेसका तुलाराम गुरुङ, चुलाचुलीमा कांग्रेसकै राजेन्द्र केरुङ, माइजोगमाईमा एमालेका कुशबहादुर थेबे, फाकफोकथुममा एमालेका दिपेन्द्र खनाल र माङसेवुङमा एमालेका हेमन्त राई विजयी भए ।
फाकफोकथुमको गणना विहान मात्र सकिएको र सूर्योदय नगरपालिकामा समाचार तयार पार्दासम्म गणना सकिएको छैन ।