इलाम : नेपाली काग्रेसका सहमहामन्त्री भीष्मराज आङदाम्बेले नेपाली काग्रेसकाे नेतृत्वमा रहेको गठबन्धनको सरकारले स्थानिय तहको निर्वाचन सफलता पुर्बक सम्पन्न गरेको बताए । बुधबार इलाम सदरमुकाममा आयोजना गरिएको बिजयी र्यालीलाई सम्बोधन गर्दै मन्त्री आङदाम्बेले काग्रेशले कति उपल्बधी प्राप्त गर्यो या गरेन त्यसले आफनो ठाँउमा अर्थ राख्ने भन्दै यो गठबन्धनको सरकारले सम्पन्न गराएको स्थानिय तहको निर्बाचनले मुलुकको संबिधान र लोकतन्त्रलाई दिर्ग जिवन दिने काम गरेको बताए ।
यस्तै काग्रेस जिल्ला सभापती डम्बर खड्काले इलाममा कम्युनिस्टको बर्चस्व तोड्न पाटीको सगठन बलियो भएको भन्दै निर्बाचित सबैलाई बधाई दिए । उनले निर्बाचित सबैलाई यो पाँच बर्षे कार्यकाल जनताको नजिकमा रहेर काम गर्न आग्रह समेत गरे ।
उता इलाम नगर प्रमुखमा निर्वाचित केदार थापाले अमुल्य मत दिई बिजयी गराउने सम्पुर्ण मतदातालाई धन्यबाद दिदै आफु जनताको सासक नभई सेवक भएर काम गर्ने बताएका छन् । थापाले पाँच बर्ष सम्म जनताका मुख्य आधारभुत कुरालाई मुख्य प्राथमिक्तामा राखेर काम गर्ने समेत बताए ।
यस पटक इलाम नगरपालिकामा नेपाली कांग्रेसले भने बिरासत फर्किएको छ । नेपाली कांग्रेसका नेता केदार थापा इलाम नगर प्रमुखमा निर्वाचित भएसङै ३ दशक अघी बाट गुमेको इलाम नगरपालिकामा आफ्नो बिरासत फर्किएको हो । पुर्व–राज्यमन्त्री केशव थापाले २०४९ सालमा कायम गरेको कांग्रेसको विरासत त्यस यता गुमेको थियो । २०४९ सालमा साबिकको इलाम नगरपालिकामा बडा नं नौ को वडा अध्यक्ष बन्नुुभएको थापाले २०७९ मा नगर प्रमुखमा निर्बाचित भएर कांग्रेसको ३० वर्ष पुरानो विरासत लाई पुन पहिलैको अवस्थामा ल्यााएका हुन । यस अघि इलाम नगरपालिकामा एमालेले बिजयी हासिल गरेको थियो । इलाम नगरपालिका नेकपा एमालेका नेता एबम पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको गृह नगरमा हो भने पूर्व प्रधानमन्त्री झलनाथ खनालको समेत गृह नगर यही नै हो । नेम्बाङको पुर्खयौली घर इलाम बजार रहेको वडा नं ७ मा रहेको छ भने खनालको वडा नम्बर १ को साखेजुङमा पर्दछ ।