इलाम : इलाम नगरपालिका वडा नंम्बर ९ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्धवार गोपाल चौहानको प्यानल नै विजयी भएको छ । नेपाली काङ्ग्रेस इलाम क्षेत्र नम्बर २(१) प्रदेश सभा छेत्रीय कार्यसमितिका सभापति समेत रहनु भएका चौहान १५११ मतका साथ बिजयी बन्नु भएको हो । उक्त वडामा उहाको प्यानलनै भारी मतान्तरका साथ बिजयी भएको छ ।



