मिक्लाजुङको अध्यक्षमा माखिम र उपाध्यक्षमा  सेर्मा विजयी 

  नयाँ बुलन्द
735 Shares

पाँचथरः मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार नरेन्द्र कुमार बस्नेतलाई २ हजाेर ३९ मतान्तरले पछि पार्दै माखिम विजयी भएका हुन् । गठबन्धनबाट माओवादी केन्द्रका तर्फका उम्मेदवार माखिमले ६ हजार ६ सय ६५ मत प्राप्त गर्दा बस्नेतले ४ हजार ३६ मत प्राप्त गरेका छन् ।

यस्तै,पालिका उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार सेर्मा विजयी भए । नेकपा एमालेकी धनमाया सारुलाई  २ हजार १ सय ७० मतले पछि पार्दै सम्बाहाम्फे विजयी बनेका छन् । सारुले ३ हजार ३ सय ७२  मत प्राप्त गर्दा सेर्माले ५ हजार ५ सय ४२ मत प्राप्त गरेका थिए ।

यसअघि पनि मिक्लाजुङ गाँउपालिकामा अध्यक्ष बनेका नवनिर्वाचित पालिका अध्यक्ष माखिम दोस्रो कार्यकालको लागि पुनःनिर्वाचित बनेका छन् भने कांग्रेसमा पालिका सभापति समेत रहेका उपाध्यक्षमा निर्वाचित सेर्मा यसअघि वडा नमबर २ का वडाध्यक्ष  थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार