तुम्वेवाको अध्यक्षमा खड्का र उपाध्यक्षमा सम्बाहम्फे विजयी 

  नयाँ बुलन्द
581 Shares

 पाँचथरः तुम्वेवा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका बाबुराम खड्का निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार गोविन्द बहादुर तामाङलाई ४ सय ७ मतान्तरले पछि पार्दै खड्का विजयी भएका हुन् । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खड्काले २ हजार ७ सय १८ मत प्राप्त गर्दा तामाङले २ हजार ३ सय ११ मत प्राप्त गरेका छन् ।

यस्तै पालिका उपाध्यक्षमा माओवादी केन्द्रका खड्ग सुन्दर सम्बाहाम्फे विजयी भए । नेकपा एमालेका नन्द कुमारी विश्वकर्मालाई  ६ सय ९९ मतले पछि पार्दै सम्बाहाम्फे विजयी बनेका छन् । विश्वकर्माले २ हजार ९  मत प्राप्त गर्दा सम्बाहाम्फले २ हजार ७ सय ८ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार