हिलिहाङको अध्यक्षमा कांग्रेसका अधिकारी निर्वाचित

  नयाँ बुलन्द
91 Shares


पाँचथरः हिलिहाङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार समरबहादुर अधिकारी निर्वाचित भएका छन् ।

एमालेका भुवानीप्रसाद लिङदेनलाई १ सय ७ मत अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन । अधिकारीले ४ हजार ५ सय ६५ मत प्राप्त गर्दा लिङदेनलाई ४ हजार ३ सय ५८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्ष पदमा भने नेकपा एमालेकी सुमित्रा उप्रेती सेढाई विजयी भएकी छिन् ।

उनले प्रतिश्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका भवानीप्रसाद लिङदेनलाई १८ मतले हराएकी हुन । उप्रेतीले ४ हजार १ सय ४६ मत प्राप्त गर्दा लिङदेनले ४ हजार १ सय १८ मत पाएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा यो गाउँ पालिकाका ३ जना वडा सदस्य वाहेक सबै पदमा नेकपा एमाले विजयी भएको थियो ।
हिलिहाङमा नेपाली कांग्रेस,माओेवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको गठवन्धन भएको थियो भने । एमालेले राप्रपासंग तालमेल गरेको थियो ।-मितेरीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार