फाल्गुनन्द ६ मा कांग्रेसका आङ्देम्बे दोस्रो कार्यकालका लागि पुनः वडाध्यक्षमा निर्वाचित

  युद्धबहादुर बोहोरा
266 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिकाको ६ नम्बर वडामा गठबन्धनको तर्फका कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेद्वार नारायण प्रसाद आङ्देम्बे दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका छन् ।

एमालेबाट प्रतिस्पर्धी बनेका नरेन्द्र बहादुर चेम्जोङलाई ३२ मत अन्तरले पराजित गर्दै आङ्देम्बे विजयी बनेका हुन् । यस वडामा खसेको १५ सय ५ मत मध्ये कांग्रेसका आङ्देम्बेले ७३८ मत प्राप्त गर्दा एमालेका चेम्जोङले ७०६ मत पाएका छन् ।

गठबन्धनबाट खुल्ला सदस्यद्वय दिपेन्द्र पाख्रिन र वीर बहादुर कुरुम्बाङ(ए)ले ७४७ र ७२३ मत प्राप्त गरि विजयी बनेका छन् भने एमालेबाट महिला सदस्य सोनाली कुरुम्बाङ(आङ्देम्बे र दलित महिला सदस्य नवीना धमलाले ७११ र ७०९ मत प्राप्त गरि निर्वाचित भएका छन्

यस पालिकाको ११६६५ खसेको मतमा १ देखि ६ नम्बर वडासम्म जम्मा १०२१६ मत गणना गरिएको छ । जस मध्ये अध्यक्ष पदमा बृजहाङ आङ्देम्बे (गठबन्धन कांग्रेस) बाट ८३२ मत अग्रता लिएका छन् । उनले ४ हजार ९९२ मत पाउँदा एमाले वीर बहादुर कुरुम्बाङको ४ हजार १६० मत आएको छ । यस्तै,उपाध्यक्ष पदमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका ठाकुर सिंह नेम्बाङले ४ हजार ५३० मत सहित एमालेसंग गठबन्धन जसपाबाट बनेकी उम्मेद्वार वविता नेम्बाङलाई ४७६ मतले पछि पार्दै शुरुवाती समयदेखि अग्रता कायम राखेका छन् । नेम्बाङको ४ हजार ५४ मत आएको छ ।

१ नम्बर वडादेखि ६ नम्बरसम्म ५ वडाध्यक्ष गठबन्धनको विजयी भएका छन् । ५ नम्बर वडामा एमालेले वडाध्यक्ष जितेको छ ।

अब ७ नम्बर वडाको १ हजार ४४९ मत गणना जारी छ । यस पालिकाको अन्तिम मतब परिणाम भने आजै राती सम्म सबै सार्वजानिक हुन सक्ने अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार