इलाम : इलाममा अहिलेसम्म ३४ वडाको मत गणना सम्पन्न भएको छ । यसमध्ये नेकपा एमालेले १५, कांग्रेसले १२, माओवादी केन्द्रले २, नेकपा एस, जनता समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टीले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रले १ स्थानमा जित हासिल गरेका छन् ।
गणना भइरहेका अन्य ८ पालिकामध्ये कांग्रेसले इलाम नगरपालिका, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा अग्रता कायम गरेको छ । नेकपा एमालेले माई नगरपालिका र देउमाई नगरपालिकामा अग्रता कायम गरेको छ ।
त्यस्तै सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकामा नेकपा एसको अग्रता छ ।
यसअघि मतगणना सकिएको माङसेवुङ गाउँपालिकामा नेकपा एमालेका हेमन्त राई अध्यक्ष र जनता समाजवादीका विनोद नेम्वाङ उपाध्यक्षमा विजयी भएका थिए भने सन्दकपुर गाउपालिकामा कांग्रेसका तुला गुरुङ बिजयी भइसकेका छन ।