एमालेको पकट मानिएको सन्दकपुरमा कांग्रेसको जित

  नयाँ बुलन्द
91 Shares

इलाम — सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका तुलाराम गुरुङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष उदय राईलाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् ।

पालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका हरि लुङ्गेलीले विजय प्राप्त गरे । नेकपा एमालेकी तुलसा ढकाललाई पराजित गर्दै उनले विजय प्राप्त गरेका हुन् ।

गुरुङले ४ हजार २ सय २३ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी राईले ३ हजार २ सय ५८ मत ल्याएका छन् ।उपाध्यक्षमा लुङ्गेलीले ३ हजार ६ सय ३७ मत ल्याउँदा ढकालले २ हजार ९ सय ८६ मत ल्याइन् । पालिकाको १ नम्बर वडामा नेकपा एमालेका रहर राई २ नम्बरमा नेकपा एसका सनम राई, ३ नम्बरमा कांग्रेसका लिला बुर्जा, ४ नम्बर वडामा जनता समाजवादीका ढालबहादुर गुरुङ र ५ नं. वडामा एमालेका यज्ञ गुरुङ वडाध्यक्षमा विजयी भएका छन् ।

इलाममा अहिलेसम्म ३४ वडाको मत गणना सम्पन्न भएको छ । यसमध्ये नेकपा एमालेले १५, कांग्रेसले १२, माओवादी केन्द्रले २, नेकपा एस, जनता समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टीले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रले १ स्थानमा जित हासिल गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार