माङसेबुङ २ मा एमाले प्यानल विजयी (मतपरिणाम हेर्नुहोस्)

  राम योङहाङ  986 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मतपरिणाम अनुसार एमालेका कृष्णबहादुर बस्नेत ५ सय ७१ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार तिलकबहादुर कार्कीले ४ सय ८७ मत पाए । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार पृथीमान चवेगू लिम्बूले ४ सय १४ मत मात्र पाए ।

वडा अध्यक्षमा निर्वाचित बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा समेत अध्यक्षका प्रत्यासी थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका पुष्पराज कार्कीसँग ५६ मतले पराजित भएका थिए ।

सदस्यहरुमा समेत एमालेको प्यानल विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए ।

महिला सदस्यमा विष्णुमाया राना मगर (६४६ मत), दलित महिला सदस्यमा प्रमिता धमला विश्वकर्मा (७३४ मत) र सदस्यहरुमा मनकुमार लिम्बू (६५८ मत) र मनीप्रसाद राई (६८८ मत) विजयी भएका छन् ।

महिला सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी निर्मला निरौला (४७७ मत), नेकपा एकीकृत समाजवादीकी संगीत राई (९१ मत) र दलित महिला सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी लक्ष्मीमाया विश्वकर्मा (४२९ मत) प्राप्त गरी पराजित भए ।

सदस्यहरुमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेका इश्वरमान राई (४५२ मत), जनता समाजवादी पार्टीका पासाङ चवेगू लिम्बू (४६४ मत), नेकपा एकीकृत समाजवादीका तान्छोहाङ लावती (७५ मत) र राष्ट्रय प्रजातन्त्र पार्टीका नारायण काफ्ले (११५ मत) मात्र पाउँदै पराजित भए ।

२ हजार ४ सय ६८ मतदाता रहेको सो वडामा १ हजार ६ सय ८५ मत मात्र खसेको थियो ।

हेर्नुहोस् सबैको मतपरिणाम

मतदाता संख्या : २४६८ मत

खसेको मत : १६८५ मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): ९४० मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ५३९ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : १ मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : ५४५ मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ७७९  मत

वडा अध्यक्ष

कृष्णबहादुर बस्नेत (नेकपा एमाले) : ५७१ मत (विजयी)

पृथीमान चवेजू (नेकपा माओवादी केन्द्र) : ४१४ मत

तिलकबहादुर कार्की (स्वतन्त्र) : ४८७ मत

महिला सदस्य

विष्णुमाया राना मगर (नेकपा एमाले) : ६४६ मत (विजयी)

निर्मला निरौला (नेपाली कांग्रेस) : ४७७ मत

संगीता राई (नेकपा एकीकृत समाजवादी) : ९१ मत

दलित महिला सदस्य

प्रमिता धमला विश्वकर्मा (नेकपा एमाले) : ७३४ मत (विजयी)

लक्ष्मीमाया विश्वकर्मा (नेकपा एमाले) : ४२९ मत

सदस्य

मनकुमार लिम्बू (नेकपा एमाले) : ६५८ मत (विजयी)

मनीप्रसाद राई (नेकपा एमाले) : ६८८ मत (विजयी)

इश्वरमान राई  (नेपाली कांग्रेस) : ४५२ मत

पासाङ चवेगू लिम्बू (जनता समाजवादी पार्टी) : ४६४ मत

तान्छोहाङ लावती (नेकपा एकीकृत समाजवादी) : ७५ मत

नारायण प्रसाद काफ्ले (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ११५ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार