माङसेबुङ गाउँपालिका उपाध्यक्षमा जनता समाजवादीका नेम्बाङ विजयी

  राम योङहाङ
644 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको उपाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार विनोदकुमार नेम्बाङ विजयी भएका छन् ।

नेकपा एमालेकी उम्मेद्वार सुनिता सुब्बालाई ६ सय ८३ मतान्तरले पराजित गर्दै नेम्बाङ उपाध्यक्ष पदमा विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका जनता समाजवादी पार्टी नेपालका नेम्बाङले ३ हजार ७ सय २९ मत पाउँदा उनका निकटतम प्रतिष्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत पाएकी छन् ।

सुब्बा निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिष्पर्धी थिए । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएकी थिइन् ।

तत्कालिन संघीय समाजवादी पार्टी नेपाल इलामका उपाध्यक्ष रहेका नेम्बाङ हाल जनता समाजवादी पार्टी नेपालका प्रदेश कोषाध्यक्ष हुन् ।

माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार