कुम्मायकको अध्यक्षमा कांग्रेसका लावती विजयी

  नयाँ बुलन्द
441 Shares

पाँचथरः कुम्मायक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेका बमप्रसाद लावती निर्वाचित भएका छन । उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रवहादुर खड्का निर्वाचित भएका छन् ।  प्रतिश्पर्धी एमालेका भिमप्रसाद सम्वाहाम्फेलाई १५३ मत अन्तरले हराउँदै लावती विजयी भएका हुन् ।

यस्तै,उपाध्यक्षमा नेकपा एमालेबाट सीता आचार्यको भन्दा २८ मत बढी ल्याएर नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदका उम्मेद्वार महेन्द्र खड्का निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यस पालिकामा अघिल्लाे पटकको निर्वाचनमा एमालेले जित हाँसिल गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार