
पाँचथरः फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ मा अध्यक्ष पदमा सत्तागठबन्धन नेकपा माओवादी केन्द्रका दलबहादुर नेम्बाङ विजयी भएका छन् । निकटम प्रतिद्वन्दी नेकपा (एमाले) का मन बहादुर चेम्जोङलाई १३ मतले पराजित गर्दै नेम्बाङ विजयी भएका हुन् । नेम्बाङले ६ सय ९७ र चेम्जोङले ६ सय ८४ मत प्राप्त गरेका थिए । पराजित भएका चेम्जोङ यस वडाका निवर्तमान वडाध्यक्ष थिए ।
हालसम्म गठबन्धले वडा नम्बर १,२,३ र ४ मा लगातार जित हासिल गर्दै छ । पालिका अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वारले एक हजार ७० मत र उपाध्यक्षमा ६ सय २७ मतको अग्रता लिएका छन् ।
११ हजार ६६५ मध्ये हाल सम्म ६ हजार ६८० मत गणना भएको छ ।