निर्वाचित भएको एक दिन नबित्दै वडा सदस्यको मृत्यु

  नयाँ बुलन्द
1.1k Shares

इलाम: धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ ।

शनिवार आएको मत परिणाम अनुसार चौबिसे गाउँपालिका वडा नं.२ का नवनिर्वाचित वडा सदस्य सूर्य अटल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मत परिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारका लागि नोबेल अस्पताल विराटनगरमा उपचारका लागि लगिएकोमा उनको अस्पतालमै मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मगर नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी बनेका थिए । -कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार