सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका २ को वडाध्यक्षमा नेकपा एकिकृत समाजवादीका सनम राई विजयी भएका छन् ।
भरखरै प्राप्त नतिजा अनुसार २४ वर्षीय राईले मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष गुरुङ र नेकपा एमालेका गाउँकमिटि अध्यक्ष समेत रहेका गिरिराज खनाललाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
पराजित खनाल यसअघि सन्दकपुर गाउँपालिका वडा नम्बर २ काे निर्वतमान वडाध्यक्ष र प्रवक्ता समेत रहेका थिए । विस्तृत विवरण आउन बाँकी छ ।