माङसेबुङमा एमालेले अग्रता बढायो, इदिङ्गो भन्दा राई १४८ मतले अगाडी (मतपरिणाम हेर्नुहोस्)

  राम योङहाङ
3.2k Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको स्थानीय तह सदस्य निर्वाचनको मतगणनामा पहिलोपटक नेकपा एमालेले थप अग्रता बढाएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार डिकेन्द्र इदिङ्गोलाई १ सय ४८ मतान्तरले पछि पार्दै नेकपा एमालेका उम्मेद्वार हेमन्त राईले अग्रता बढाएका हुन् ।

७ हजार ११ मतगणना हुँदा एमालेका राईले ३ हजार १ सय ६५ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी इदिङ्गोले ३ हजार १७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेद्वार विनोद नेम्बाङले भने ५ सय ५६ मतान्तरका साथ अग्रता कायम राखेका छन् । नेम्बाङले ३ हजार ७३ मत पाउँदा उनका प्रतिष्पर्धी एमालेकी उम्मेद्वार सुनिता सुब्बाले २ हजार ५ सय १७ मतका साथ पच्छाइरहेका छन् ।

माङसेबुङमा १२ हजार ५ सय ६८ मतदातामध्ये ८ हजार ३ सय ७ मत खसेको थियो ।

अस्ती रातिदेखि सुरु भएको मतगणना हालसम्म वडा नम्बर १, ४, ५ र ६ को सम्पन्न भइसकेको छ । जसमा १ मा नेकपा माओवादी केन्द्र, ४ र ६ मा नेकपा एमाले र ५ मा राष्ट्रिय जनमुक्ति विजयी भईसकेको छ । अहिले वडा नम्बर २ र ३ को मतगणना जारी छ ।

अघिल्लो निर्वाचनमा समेत हालका उम्मेद्वारहरु नै एकआपसमा प्रतिष्पर्धी थिए । तर कांग्रेसका इदिङ्गो र एमालेकी सुब्बा विजयी भएकी थिइन् ।

माङसेबुङमा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको गठबन्धन बनेको थियो भने वडा नम्बर १ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार