फाल्गुनन्दमा गठबन्धनको निरन्तर अग्रता, ७५४ मतले अगाडी (मतपरिणाम हेर्नुहोस्)

  युद्धबहादुर बोहोरा
231 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिकाको स्थानीय तह सदस्य निर्वाचनको मतगणनामा गठबन्धनले निरन्तर अग्रता बढाएको छ ।

नेकपा एमालेका तर्फबाट अधयक्ष पदका उम्मेद्वार वीर बहादुर कुरुम्बाङलाई ७ सय ५४ मतान्तरले पछि पार्दै सत्तागठबन्धन नेपाली कांग्रेसका उम्मेद्वार बृजहाङ आङ्देम्बेले अग्रता बढाएका हुन् ।

हाल सम्म ३ वटा वडाको जम्मा ४ हजार ९ सय ३९ मतगणना हुँदा कांग्रेसका आङ्देम्बेले २ हजार ६ सय ६१ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी कुरुम्बाङले १ हजार ९ सय ७ मत प्राप्त गरेका छन् ।

त्यस्तै,उपाध्यक्ष पदमा भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार ठाकुर सिंह नेम्बाङले भने ४ सय २ मतान्तरका साथ अग्रता कायम राखेका छन् । नेम्बाङले २ हजार २ सय ५८ मत पाउँदा उनका प्रतिष्पर्धी एमाले र जसपाको साझा उम्मेद्वार वविता नेम्बाङले १ हजार ८ सय ५६ मतका साथ पछ्याइ रहेकी छिन् ।

फाल्गुनन्दमा १८ हजार ५ सय ७६ मतदातामध्ये ११ हजार ६ सय ६५ मत खसेको थियो ।

शनिबार बिहान ११ बजेदेखि भएको मतगणना हालसम्म वडा नम्बर १, २ र ३ को सम्पन्न भइसकेको छ । ३ वटै वडामा गठबन्धन नेपाली कांग्रेसको तर्फबाट प्यानल सहित विजयी भईसकेको छ । सात वटा वडा रहेको यस पालिकामा अहिले वडा नम्बर ४ को मतगणना जारी छ ।

यस पालिकामा २०७६ सालमा भएको उपनिर्वाचनमा पनि हाल प्रतिस्पर्धी अध्यक्ष पदका उम्मेद्वारहरु नै एकआपसमा प्रतिष्पर्धा गरेका थिए । तत्कालीन बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका कुरुम्बाङले कांग्रेसका आङ्देम्बेलाई पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार