तेह्रथुम, १ जेठ
तेह्रथुमको म्याङलुङ नगरपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार सेनीको प्यानल विजयी भएको छ । सेनीले २ सय ७२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका युवराज थापाले २ सय २१ मत प्राप्त गरेका छन् । त्यसैगरि दलित महिला सदस्यमा २ सय ५१ मत ल्याएर जानुकादेवी सुनार, खुल्ला सदस्यमा २ सय ५२ मतका साथ गोविन्द बहादुर खड्का र २ सय ५८ मत ल्याएर सन्तोष सोदेम्बा बिजयी भएका छन् । महिला सदस्यमा भने नेकपा एमालेका उम्मेद्धार मन्दिरा बाँनिय भण्डारी बिजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
![](https://www.nayabulanda.com/wp-content/uploads/2019/10/deumai-mun-letest.jpg)
![](https://www.nayabulanda.com/wp-content/uploads/2023/10/SuryodayaPhalgunanda.gif)
![](https://www.nayabulanda.com/wp-content/uploads/2023/10/ChulachuliMangsebungPhakp.gif)
![](https://www.nayabulanda.com/wp-content/uploads/2023/10/MaiDeumaiIlam-Nagarpalika.gif)