मिक्लाजुङ र फालेलुङका २ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित

  नयाँ बुलन्द
266 Shares

पाँचथर– जिल्लाको ८ पालिकाका ६० वडामध्ये १४ वटा वडाको परिणाम आउँदा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

मिक्लाजुङ गाउँपालिका–१, मा स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे वडा अध्यक्ष निर्वाचित भएका छन् । उनले गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार, नेकपा (माओवादी केन्द्र) का विष्णु राईलाई ३१ मतले पराजित गरेका हुन् । आङ्देम्बेले ४६८ मत पाउँदा राईले ४३७ मत मात्र पाए ।

त्यस्तै,फालेलुङ–१, मा वडा पनि अध्यक्षका स्वतन्त्र उम्मेदवार अनिश गुरागाईं ३५९ मत सहित विजयी बनेका हुन् । उनले गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार, नेकपा (एकिकृत समाजवादी) का श्रीप्रसाद जबेगुलाई ४० मतले पछि पार्दै वडा अध्यक्ष विर्नाचित भएका हुन ।

जिल्लामा अन्य वडा अध्यक्ष निर्वाचित हुनेमा याङ्वरक–१, राजेन्द्र खालिङ (नेकपा एमाले), हिलिहाङ–१, सन्तोष लिङ्देन (गठबन्धन, नेपाली कांग्रेस), हिलिहाङ–२, भीम हेम्ब्या (नेकपा एमाले), हिलिहा–३, बीरेन्द्र कुमार योङहाङ (नेकपा एमाले), फालेलुङ–८, श्रीहाङ केरुङ (गठबन्धन, नेकपा माओवादी केन्द्र) रहेका छन् ।

त्यस्तै फिदिम–१, गजाधर भट्टराई (नेकपा एमाले), फिदिम–१४, राज कुमार नेम्बाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र), फाल्गुनन्द–१, होम प्रसाद आङदेम्बे (गठबन्धन, नेपाली कांग्रेस), फाल्गुनन्द–२, सन्तोष नेम्बाङ (गठबन्धन, नेपाली कांग्रेस) वडा अध्यक्षमा निर्वाचित भएका छन् ।-पूर्व पोष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार