मिक्लाजुङ ८ मा एमालेको प्यानल विजयी

  नयाँ बुलन्द  343 पटक हेरिएको

पाँचथरः मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।

उक्त वडाको वडाध्यक्षमा एमालेका रामेश्वर वाजी २०२ मतान्तरले विजयी हुनुभएको हो । वाजीले ७१५ मत प्राप्त गर्दा गठबन्धनका नगेन लामाले ५१३ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा एमालेबाटै सविना बराल, रुपमाया मगर, जनकुमारी पोखरेल र नोविन गौतम विजयी हुनुभएको छ । अघिल्लो पटक पनि प्यानल नै जितेको एमालेले यहाँ आफ्नो शानदार उपस्थिति कायम राखेको हो ।

उक्त वडाबाट गाउँपालिका अध्यक्षमा एमालेका नरेन्द्र बस्नेतले ५९० मत प्राप्त गर्दा गठबन्धनका अमरराज माखिमले ५७८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा एमालेका धनमाया सारुले ६७० मत प्राप्त गर्दा गठबन्धनका सन्तकुमार शेर्माले ४९३ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार