फाल्गुनन्द १ मा फराकिलो मतान्तरले नेपाली कांग्रेस प्यानल विजयी

  युद्धबहादुर बोहोरा
1k Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिकाको १ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसका होम प्रसाद आङ्देम्बे ४८२ मतको फराकिलो अन्तरले विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार आङ्देम्वेले ९८७ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएसंगै कांग्रेस प्यानलले वडामा जीत हाँसिल गरेको छ । आङ्देम्वे यसअघि पनि सोही वडाका  वडाध्यक्ष थिए ।  उनका निकटतम प्रतिष्पर्धी नेकपा एमाले र जनता समाजवादी पार्टी,नेपालको तर्फबाट साझा उम्मेद्वार शान्ती आङ्देम्वेले ५०५ मत मात्र प्राप्त गरेकी छिन् ।

मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट वडाध्यक्ष पदको भाले चिन्हमा ५ मत,संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दाप सहितको खुकुरीमा ३ मत आएको छ । नेपाली कांग्रेको तर्फका महिला सदस्यले ९३० र दलित महिला सदस्यले ९८५ मत प्राप्त गरेकी छिन् भने खुल्ला सदस्यमा १०७६ र ८७८ मत प्राप्त गरि विजयी भएका छन् ।

जम्मा १७५० मत खसेको यस वडामा अहिले सम्मको  मत परिणाम अनुसार गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका बृजहाङ आङ्देम्वेले १०५४ र उपाध्यक्ष पदमा गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका ठाकुर सिंह नेम्बाङले ९४३ मत प्राप्त गरेका छन् ।

यस्तै,नेकपा एमाले र जनता समाजवादी पार्टी,नेपालको तर्फबाट अध्यक्ष पदमा एमालेका उम्मेद्वार वीर बहादुर कुरुम्बाङले ५४३ र एमाले र जसपाको साझा उम्मेद्वार तर्फबाट उपाध्यक्ष पदमा वविता नेम्बाङले ४५१ मत प्राप्त गरेकी छिन् भने दाप सहितको खुकुरी चिन्हमा अध्यक्ष पदमा ११ मत,राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट घर चिन्हमा ९ मत र राप्रपा हलो तर्फबाट अध्यक्ष पदका उम्मेद्वारले २ मत पाएका छन् ।

दापसहितको खुकुरी चिन्हमा उपाध्यक्ष पदमा ८ र हलो चिन्हमा १ मत प्राप्त भएको छ साथै दापसहितको खुकुरीबाट खुल्ला सदस्यमा २३ मत ल्याएका छन्

पालिकामा जम्मा १८ हजार ५७६ मतदाता संख्या मध्ये ११ हजार ६६५ मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार