इलाम : फाकफोकथुम १ को वडाध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर थेगिम ३२७ मतको अग्रता सहित विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार थेगिमले ८०४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएसंगै कांग्रेस प्यानलले वडामा जीत हाँसिल गरेको छ । वडाध्यक्ष पदका उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बेग बहादुर निरौलाले ४७७ मत र नेकपा माओवादी केन्द्रका भोज बहादुर बोहोराले २२६ मात्र प्राप्त गरेका छन् ।
खुल्ला सदस्यमा नेपाली कांग्रेसका कमान सिंह लिम्बुले ६८५ र राम बहादुर पौड्यालले ६९० मत प्राप्त गरि विजयी भएका छन् ।
महिला सदस्यमा गोम देवी भट्टराई ७६७ र दलित महिला सदस्यमा सिता देवी बराइलीले ७४५ मत प्राप्त गरेकी छिन् ।
यहाँ वडाध्यक्ष पदमा ३,महिला सदस्यमा ३, दलित महिला सदस्यमा ४, खुल्ला सदस्यमा ८ जना गरि जम्मा १८ उम्मेद्बारको प्रतिस्पर्धा रहेको थियो । जम्मा मतदाता संख्या २७३२ मध्ये १७६८ मत खसेको यस वडामा अहिले सम्मको मत परिणाम अनुसार गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका डिक बहादुर थापाले ८३० र उपाध्यक्ष पदमा गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका केवी बान्तावाले ७९८ मत प्राप्त गरेका छन् ।
यस्तै,नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार दिपेन्द्र खनालले ५९१ र एमालेकै तर्फबाट उपाध्यक्ष पदमा कल्पना राईले ५१९ मत प्राप्त गरेकी छिन् भने जनता समाजवादी पार्टी,नेपालका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार कृष्ण बहादुर खत्रीले १९ मत पाएका छन् । यसैगरी,मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट उपाध्यक्ष पदको भाले चिन्हमा १ मत र माओवादी केन्द्रबाट खुल्ला सदस्य कुल बहादुर थेगिमले १२१ र जगत बहादुर राईले १४६,दलित महिला सदस्य मनकुमारी कामीले १३३ र रेखा निरौलाले १६० मत र स्वतन्त्र उम्मेद्वार देउ प्रसाद थेगिमको पुतली चिन्हबाट ९३ ,बलिराज लिम्बु (रमेश) हाँसको चिन्हबाट ६६ र दलित महिला वडा सदस्य यमुना धमला (कामी) गुलाबको फुलबाट ४१ मत पाएका हुन् ।
पालिकामा जम्मा १६ हजार ५३५ मतदाता संख्या मध्ये ११ हजार ३८३ मत खसेको र सबै किसिमको बदर मतपत्र संख्या २० रहेको छ ।