सुबास नेम्वाङको गृह नगरमा कांग्रेसको बिजयी सुरुवात

  नयाँ बुलन्द
1.2k Shares

इलाम : इलामको इलाम नगरपालिका वडा नम्बर–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । कांग्रेसका तर्फबाट उमेदवार बनेका गायत्रीराम बस्नेत विजयी भएका हुन् ।

बस्नेतले नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका उमेदवार बनेका अम्बिका गौतमलाई पराजित गरे । विजयी भएका बस्नेतले एक हजार १८१ मत प्राप्त गर्दा पराजित गौतमले एक हजार २२ मत ल्याए ।

इलाम–१ को मतगणना सम्पन्न भइसक्दा प्रमुख पदमा कांग्रेसका उमेदवार केदार थापाले एक हजार १५८ मत प्राप्त गरेका छन् । एमालेका उमेदवार धीरेनकुमार चेम्जोङले एक हजार ४१ मत पाएका छन् ।

यस्तै, उपप्रमुखतर्फ कांग्रेसकी विष्णुकुमारी लिम्बू दाहालले एक हजार १९५ मत प्राप्त गर्दा एमालेकी सीतादेवी रिजालले एक हजार ४ मत पाएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार