माङसेबुङ ४ र ५ बाट गठबन्धनलाई ७५० को अग्रता (हेर्नुहोस् मतपरिणाम)

  राम योङहाङ
4.5k Shares

ध्यक्ष पदका उम्मेद्वार हेमन्त राई बाँया र डिकेन्द्र इदिङ्गो दाँया ।

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ४ र ५ को मतगणना सकिएको छ । ४ मा नेकपा एमालेको प्यानल र ५ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीको को प्यानल विजयी भएको छ ।

अध्यक्ष र उपाध्यक्ष पदमा भने गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार २ हजार १ सय ८२ मत गन्दा अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार डिकेन्द्र इदिङ्गोले ‍७ सय ५० मतको अग्रता लिएका हुन् ।

इदिङ्गोले १ हजार २ सय ७९ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी नेकपा एमालेका हेमन्त राईले ५ सय २९ मत मात्र पाएका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेद्वार विनोद नेम्बाङले ५ सय ८३  मतको अग्रता लिएका छन् । नेम्बाङले १ हजार १ सय ४६ मत पाउँदा उनका प्रतिष्पर्धी सुनिता सुब्बाले ५ सय ६३ मत पात्र पाएकी छन् ।

अघिल्लो निर्वाचनमा समेत हालका उम्मेद्वारहरु नै एकआपसमा प्रतिष्पर्धी थिए । तर कांग्रेसका इदिङ्गो र एमालेकी सुब्बा विजयी भएकी थिइन् ।

माङसेबुङमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको गठबन्धन बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार