माङसेबुङ ५ मा गठबन्धनबाट जनमुक्तिको प्यानल विजयी

  राम योङहाङ
9.9k Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई विजयी भएका छन् ।

मतगणना भइसक्न बाँकी रहँदा  नै अध्यक्षमा राईसहितको प्यानल नै विजयी भएको हो । १ हजार २ सय ३३ मत खसेको सो वडाको हालसम्म १ हजार मतगणना भइसकेको छ । २ सय ३३ मत गन्न बाँकी रहँदा नै राईको प्यानलले सोभन्दा बढी मतान्तरले अग्रता लिएसँगै राईको प्यानल विजयी निश्चित बनेको हो । मतगणना भने जारी छ ।

१ हजार मतगणना गर्दा गठबन्धनका वडा अध्यक्ष पदका उम्मेद्वार राईले ६ सय ७२ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार सुबदल सेलिङले १ सय ८९ मत मात्र प्राप्त गरेका छन् ।

दलित महिला सदस्यमा गठबन्धनकै गंगामाया विश्वकर्मा ६ सय ८७ मतका साथ विजयी बनेका छन् । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार अमृता सेन्चुरीले २ सय ५१ मत पाएकी छिन् ।

सदस्यहरुमा गठबन्धनकै वीरबहादुर कुरुम्बाङ ६ सय ५१ र सुरेन्द्र तुम्बाहाम्फे ५ सय ८० मतका साथ विजयी भएका छन् । प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार अभिषेक राईले १ सय ५६ र रनध्वज सम्बाहाम्फे १ ले ८८ मत मात्र पाएका छन् ।

सो वडाबाट अध्यक्ष र उपाध्यक्ष पदमा समेत गठबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ६ सय ३९ र नेकपा एमालेका हेमन्त राईले १ सय ५५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनमा जनता समाजवादी पार्टीक विनोद नेम्बाङले ५ सय ८६ र एमालेकी सुनिता सुब्बाले १ सय ८० मत मात्र पाएकी सहायक निर्वाचन अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।

अघिल्लो निर्वाचनमा समेत हालका उम्मेद्वारहरु नै एकआपसमा प्रतिष्पर्धी थिए । तर कांग्रेसका इदिङ्गो र एमालेकी सुब्बा विजयी भएकी थिइन् ।

माङसेबुङ ५ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धनबाट राईले उम्मेद्वार थिए । एमालेले भने  वडामा कुनैपनि पदमा उम्मेद्वारी दिएका थिएनन् । स्वतन्त्र उम्मेद्वार भने चुनावी मैदानमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार