माङसेबुङ मतपरिणाम : अध्यक्षमा इदिङ्गो र उपाध्यक्षमा नेम्बाङको अग्रता कायमै (मतपरिणाम सहित)

  राम योङहाङ
1.9k Shares

गाउँपालिका अध्यक्षका उम्मेद्वार हेमन्त राई (बाँया) र डिकेन्द्र इदिङ्गो (दाँया)

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेद्वारले अग्रता कायम राखेका छन् ।

भर्खरै सार्वजनिक भएको वडा नम्बर ४ को अन्तिम मतपरिणाममा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ४ सय ८७ मत पाएका छन् । एमालेका हेमन्त राईले भने ३ सय ४६ मत पाएका छन् ।

उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङले ४ सय २१ मत पाएका छन् । एमालेकी सुनिता सुब्बाले ३ सय ४७ मत मात्र पाएकी छिन् ।

त्यस्तै वडाअध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए । लिम्बू ३ सय २५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए ।

महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र धनबहादुर राई (३१० मत) विजयी भएका छन् ।

सझो वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन बनेको थियो ।

१ हजार ३ सय ६० मतदाता रहेको सो वडामा ९ सय ४९ मत खसेको थियो । अहिले वडा नम्बर ५ र १ को मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार