तेह्रथुमको म्याङलुङ नगरपालिकामा कांग्रेसको अग्रता ।

  टिआर सेनेहाङ
133 Shares

तेह्रथुम, ३१ बैसाख
तेह्रथुमको म्याङलुङ नगरपालिका मतगणना कार्य जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेद्धार अर्जुन बहादुर तुम्बाहाङफेले ९ सय ७५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका संजयकुमार तुम्बाहाङफेले ९ सय ६३ मत प्राप्त गरेका छन् । त्यसैगरि उप प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट पार्वती सानु डाँगीले ९ सय ९४ मत प्राप्त गरेका छन् । एमालेका जमुना कार्कीले ९ सय ७ मत प्राप्त गरेका छन् ।

अहिले १ नं. वडाको मतगणना भई रहेको छ भने २ नं. वडाको मत गन्ने कार्य सकिएको छ । २ नं. वडामा नेपाली कांग्रेसका हेमराज तुम्बाहाङफे बिजयी भएका छन् । उनले ५ सय ९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका शम्भु तम्ुबाहाङफेले ४ सय ७५ मत प्राप्त गरेका छन् । ४३ वटा वडा रहेको तेह्रथुममा अन्य वडाहरुको मतगणना धमाधम भै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार