इलाम : इलामका १० वटा पालिकामा मतदान सम्पन्न भएको दुई घण्टा भित्रमा मतगणना केन्द्रमा मत पेटीका पु¥याईने भएको छ ।
साँझ ५ बजे मतदान केन्द्र भित्र प्रबेश गरेका मतदातालाई मतदान गर्ने समय दिएर मतदान सम्पन्न भए पछि दुई घण्टा भित्रमा पालिकाका केन्द्रमा मतपेटीका ल्याईने भएको हो । लगभग ६ बजे सम्ममा मतदान सकिने जनाईएको छ । मतदान सकिए पछि त्यसको दुई घण्टा भित्रमा ८ बजे सम्मा मतपेटीका पालिकाका केन्द्रमा ल्याई सकिने इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले जानकारी दिनु भयो ।
उहाले भन्नु भयो‘इलामा प्राय सबै पालिकामा सवारी साधन सहज रुपमा पुग्छ, सवारीको ब्यवस्था गरेका छौ ।’प्रजिअ ढुंगानाले मतपेटीका ल्याई सकेपछि राजनीतिक दलसंग सर्वदलिय बैठक बसेर आजैबाट मतगणना थालिने जानकारी दिनु भयो । करिव ११ बजेपछि मतगणना हुने बुझीएको छ । जिलामा चार सय २५ जनप्रतिनिधिका लागि १ हजार ३ सय १९ उम्मेदवार प्रतिस्पर्धाको मैदानमा हुनुहुन्छ । अहिले सम्म ६ जना निर्विरोध निर्वाचित भएका छन्। इलाममा यसपटकको स्थानीय तह निर्वाचनका लागि इलाममा २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेका छन ।
जिल्लाका १० वटै मतगणना केन्द्रमा सुरक्षालाई मध्यनजर गरी सीसी क्यामरा जडान गरिएको छ । मतगणना केन्द्रमा तारजाली लगाईएको छ । मतगणना प्रक्रियालाई छिटो बनाउनका लागि एकै पटक मतगणना केन्द्रमा जतिसक्दो धेरै स्थानमा गणना गरिने जनाईएको छ । मौषममा परिवर्तन भएर पानी पर्न थालेपछि मतदातालाई केहि असजिलो भएको छ ।