लक्ष्मीपुरमा १ सय ११ वर्षीय वृद्धाद्धारा मतदान - Nayabulanda.com

लक्ष्मीपुरमा १ सय ११ वर्षीय वृद्धाद्धारा मतदान

इलामको लक्ष्मीपुरमा १ सय ११ वर्षीय वृद्धाद्धारा मतदान

इलाम :इलामको सूर्योदय नगरपालिका १४ बतासे स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १ सय ११ वर्षीय जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गर्नु भएको छ । आज सम्मा आठ पटक मतदान गर्नु भएकी अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान शुरु गरिएको थियो । मतदान पछि यो अवस्थामा पनि मतदान गर्न पाउदा खुसी लागेको अधिकारीले प्रतिक्रिया दिनुभएकाे स्थानिय पत्रकार मनिस बस्नेतले बताउनुभयाे।

उक्त केन्द्रमा कुल ३ हजार ३९ जना मतदाता रहेका छन् । जसमध्ये १ हजार ४ सय ४२ महिला र १ हजार ५ सय ९७ पुरुष मतदाता रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार