माङसेबुङमा मतगणना स्थल निर्माण, सीसी क्यामेरासहित तारजाली 

माङसेबुङ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि इलामको माङसेबुङ गाउँपालिकामा मतगणना स्थल निर्माणको कार्य सकिएको छ ।

माङसेबुङ गाउँपालिका २ स्थित माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालय रहेको भवनको सभाहलमा केन्द्र क्षेत्र तोकी मतगणना स्थल निर्माण कार्य मंगलबार सम्पन्न भईसकेको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए ।

मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । मतदान सकिए लगत्तै मतगणना गर्न मिल्ने गरी सुरक्षित मतगणना स्थलको निर्माण गरिएको उनको भनाई छ ।

मतगणनास्थल बाहिर सर्वसाधारणका लागि डिजिटल डिस्प्ले मार्फत समेत मतगणनास्थलको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

यसैबीच इलामका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । निर्वाचन आयोगले अघिल्लो निर्वाचनदेखि मतगणना स्थलमा तारजाली नलगाउने रणनिति बनाएको थियो ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रमका लागि मतदान केन्द्रमा पुगिसकेका मतदान अधिकृतहरुले बुधबार र बिहिबार सम्बन्धित मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गर्ने र मतदाता शिक्षा दिनेछन् ।

स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी र प्रहरीले पहिलो घेरामा सशस्त्र प्रहरीले दोश्रो घेरामा र नेपाली सेनाले तेश्रो घेरामा सुरक्षा प्रदान गर्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार