पशुपतिनगर सहित सीमा नाका तीन दिनसम्म बन्द हुने

  नयाँ बुलन्द
98 Shares

भोलि रातिदेखि मौन अवधि सुरु, पशुपतिनगर सहित सीमा नाका तीन दिनसम्म बन्द हुने

इलाम । शुक्रवार हुने पालिका चुनावको लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् ।

यस्तै, भोलि मध्यरातिदेखि इलामको पशुपतिनगर नाका समेत बन्द हुने भएको छ । चीन र भारतसँग जोडिएको ताप्लेजुङ देखि दार्चुलासम्मको सीमा नाका बन्द हुने भएका छन् ।

भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ ।

चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ। चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार