हुन त आजभोलि ‘राई !’ भन्नाले नेपालका एक जाति वा जात हुन् भन्ने आम बुझाई रहेको छ । तर, खासमा ‘राई !’ जाति वा जात नभएर पदवी÷पगरी अथवा ‘तालुकदार÷जिम्मावाल’ मात्रै हो । ‘राई !’ भन्नाले जाति वा जात नजनाएर पदवी÷पगरी अथवा ‘तालुकदार÷जिम्मावाल’ भन्ने अर्थमा मात्रै प्रयोग हुन्थ्यो । यसरी हेर्दा विगतमा हाम्रा पिता–पूर्खाहरुले पाएको ‘राई !’ शब्द जुन छ, त्यो भनेको स्थानीयस्तरका सामन्तीलाई जनाउने शब्द ‘राई मात्रै हो भन्ने प्रस्टै छ । त्यसैले २०५७÷०५८ देखि ‘राई !’ शब्द !’लाई हामी (कुलुङहरु) ले त्याग्छौं, जाति मान्दैनौं भनी रहेका छौं । तर, मानिसहरुले सुन्दा अचम्म मान्लान् ! आजको प्रजातान्त्रिक, लोकतान्त्रिक जुगमा पनि हामीले विगतमा ‘तालुकदार÷जिम्मावाल’ भन्ने अर्थमा पाएको ‘राई !’ शब्द !’ त्याग्न पाएका छैनौं । यो प्रसंगलाई यही छाडौं । लागौं अब खास विषयतर्पm ।
‘मुन्दुम सृष्टि कथा’ २०७१ पुनः प्रकाशन (दोस्रो संस्करण) २०७८ । ‘मुन्दुम होसुङ’ २०७३ पुनः (दोस्रो प्रकाशन २०७८ र ‘मुन्दुम रिलुङ’ २०७८ गरी तीन वटा (प्याकेज) प्रकाशनको रुपमा हालसालै बजारमा आएको किताबको नामहरु हुन् । जुन किताबहरु ‘किरात “राई !” चाम्लिङ खाम्बातिम’ले प्रकाशन गरेको छ भने ‘मुन्दुम सृष्टि कथा’ नामक किताबको संकलक तथा सम्पादक भोगिराज चाम्लिङ (“राई !”) रहेका छन् भने, ‘मुन्दुम होसुङ’ नामक किताबको संंंकलक ज्ञावनशेर र विश्वराम राई रहेका छन् । त्यस्तै सम्पादक भोगिराज चाम्लिङ (“राई !”) छन् । ‘मुन्दुम रिलुङ’ नामक किताबको संकलक, अुनवादक र सम्पादक पनि भोगिराज चाम्लिङ (“राई !”) नै रहेका छन् । सो किताबहरुको एक्ला–एक्लै मूल्य क्रमशः ३५०, ४५० र ७०० रहेको छ । तीनवटै किताबको मूल्य १,५०० पर्न आउँछ भने प्याकेजमा पनि १,५०० नै मूल्य राखिएको छ । हो, माथि नै थोरै भूमिका लेखिए भँैm ‘राई !’ भन्नाले जाति वा जात नभएर पदवी÷पगरी अथवा ‘तालुकदार÷जिम्मावाल’ मात्रै जनाए तापनि ती तीनवटा किताबमध्ये ‘मुन्दुम सृष्टि कथा’ नामक किताबमा कुलुङ राई, थुलुङ राई, बान्तावा राई, याम्फु राई, साम्पाङ राई भनी पछाडि राईको र्फुो झुन्ड्याईएको÷लगाईएको छ । अझ निकोलेट्टीलाई उद्धरण गर्दै ‘कुलुङ राई जातिमा दुर्ई थरी नोक्छो हुन्छन् मोप र सेलेमोप । त्यस्तै महिला मोप्मे पनि हुन्छ ।’ भनी लेखिएको छ । पाना–२९ जबकि कुलुङ जातिमा ९ प्रकारका धामीहरु हुन्छन् । जस्त १) नागी मोप, २) देदाम मोप, ३) चार मोप÷तोस नोक्छो, ४) सेले मोप÷सेलेमी, ५) मोबोछा÷मोबोमी, ६) खार–बीत्रूम मोप, ७) सातीपूस, ८) वैदाङ (मन्त्र पढेर हुने), ९) आल्मी (शिकारी धामी) । अर्को भनेको कुलुङ जातिमा महिला मोप वा नोक्छोलाई अलग्गै छुट्टयाएर लिंगीय विभेद गरिँदैनथ्यो । वास्तविकता यस्तो भएपछि निकोलेट्टी गलत हुन् कि, भोगिराज ? कसले छुट्याउने ?
त्यसैले माथि उल्लेखित तीनैवटा किताब किरात मुन्दुम (कुलुङ जातिले रीदूम भन्छन्) सम्बन्धी लेखिएको भन्ने भ्रम दिन खोजिएको भए तापनि भित्री कुरो (गुदी) चाहिँ सबै चाम्लिङ “राई !” भनिनेहरुको मात्रै वर्णन र उदाहरणहरु दिईएको छ । अझ ‘मुन्दुम सृष्टि कथा’ २०७१ को प्रकाशकीय शीर्षक अन्तर्गत (२०७८ को दोस्रो संस्करणमा पनि संशोधन नगरिएको !) राई जाति भनिनेहरुको जातिगत तथ्यांक दिने क्रममा विसं २०६८ को जनगणनाअनुसार भन्दै ६,९४,०९८ भनी कोड गरिएको छ । जबकि विसं २०६८ मा राई जातिको जनसंख्या ६,२०,००४ रहेको छ । मेरो कुरो नै पत्याउनु पर्छ भन्ने छैन, त्यसैले थप पुस्टिका लागि केन्द्रीय तथ्यांक विभाग (केतवि) ले प्रकाशित गरेको ‘नेसनल पपुलेसन एन्ड हाउजिङ सेन्सस् २०११’ नामक रिपोर्ट हेर्न सक्नु हुन्छ, जो कोहीले । त्यस्तै चाम्लिङ भाषा बोल्नेहरुको वक्ता संख्या ७६,८०० रहेकोमा सोही भाषा वक्ता संख्यालाई नै चामिलङको “राई !”को फुर्को झुन्ड्याएर चामिलङ “राई !”का रुपमा प्रस्तुत गर्दै “चामिलङ भाषा बोल्ने “राई !”हरुको संख्या ७६,८०० रहेको छ ।” भनिएको छ ।
अझ अचम्मको कुरो के भने, नेपालका किरात वा किरातीभित्र पनि “राई !”करणको मारमा परेका आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, मेवाहाङ, बान्तावा, बाहिङ, याम्फु, साम्पाङलगायत २६, २७, २८, २९, ३०, ३१ (यति नै भनी हालसम्म कसैले किटान गर्न नसकेको !) भाषी छन्, भने लिम्बु, याक्खा, सुनुवार, जिरेल, थामी, हायु, सुरेल आदिले पनि आपूmलाई किराती नै दावी गर्छन् । यस्तोमा माथि उल्लेखित तीनवटै किताबको शीर्षक “राई !” मुन्दुम अथवा चामिलङ “राई !” मुन्दुम भनेर राखेको भए प्रस्ट हुन्थ्यो । यसले त के देखाउँछ भने “राई !”करणको मारमा परेका आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, मेवाहाङ, बान्तावा, बाहिङ, याम्फु, साम्पाङलगायत किरातीहरुले आ–आपैmले आ–आप्mनो उत्पत्ति–थलो, पिता–पूर्खा, वंश–परम्परा, इतिहास, सृष्टि कथा, लोक कथा, भाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिथिति, चाल–चलन, चाड–पर्व, परम्परागत कानुन, गरगहना, गीत–संगीत, मूल्य–मान्यता आदिबारे लेखेन भने यसरी नै गोलमटोल र अन्टसन्ट ढंगले लेखेर अन्य जातिसरह अगल–थलग अस्तित्व र जातीय स्वपहिचान भएका भएका तर, हालसम्म “राई !”करणको मारमा परेका आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, मेवाहाङ, बान्तावा, बाहिङ, याम्फु, साम्पाङ लगायत किराती जातिहरुको अस्तित्व थाहै नपाई मेटिने छ, हराउने छ । हुन पनि अनौपचारिक रुपमा के सुनिदैछ भने यसै “–“राई !” मुन्दुम अथवा चामिलङ “राई !” मुन्दुम”लाई नै “राई !”करणमा परेका वा पारिएका सम्पूर्ण किरातीहरुको “मुन्दुम !” हो भनेर ‘युनेस्को’मा दर्ता गर्ने काम हुँदैछ अरे !?, कपी राईट लिने काम हुँदैछ अरे !?!? यदि त्यसो हो भने, बाँकी किरातीहरुले स्वीकार गर्ने कि नगर्ने ? प्रश्न गम्भीर छ । त्यसैले “राई !”करणको मारमा परेका आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, बान्तावा, बाहिङ, याम्फु, साम्पाङ लगायत किरातीहरुले वेला छँदै सोच्नुपर्ने देखिन्छ । जुर्मुराउनुपर्ने देखिन्छ ।
अब हामी “राई !”करणको मारमा परेका आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, मेवाहाङ, बान्तावा, बाहिङ, याम्फु, साम्पाङ लगायत किरातीहरुले पनि आ–आपैmले आ–आप्mनो उत्पत्ति–थलो, पिता–पूर्खा, वंश–परम्परा, इतिहास, सृष्टि कथा, लोक कथा, भाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिथिति, चाल–चलन, चाड–पर्व, परम्परागत कानुन, गरगहना, गीत–संगीत, मूल्य–मान्यता, मुन्धुम–मुक्दुम–मुद्मुम–मुन्दुम–रीदूम आदि लेख्नेतर्पm अगाडि बढी हाल्नुपर्ने टड्कारो आवश्क्ता देखिन्छ । यसो नगरे धर छैन । अन्यथा “राई !” जातिको नाममा चाँडै नै राईको भाषाको नाममा भाषामा “बान्तावा”करण र राईको संस्कार, संस्कृति आदिको नाममा ‘चाम्लिङ’करण हुने देखिन्छ । खास गरी “राई !”को ठूलो संख्या र भीड देखाएर खान विगत लामोृ समयदेखि देश विदेशमा दुःख–जिलो गरेर कमाएका किरातीहरुको रगत–पसिनाको कमाईबाट चन्दा–सहयोग उठाएर खान पल्केका र भविश्ष्मा पनि खाई रहन पाईयोस् भन्ने केही “राई !”का ठेगेदारहरुको मनसुवा सँधै पूरा भयृ रहने देखिन्छ ।
हुन त त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायतर्पm स्नातकोत्तर तहमा दर्शनशास्त्र अन्तर्गत “मुन्दुम ः सृष्टिकथा र मुन्दुम ः होसुङ” पठनपाठन सुरु गरी सकेको रहेछ । त्यस्तै पोखरा विश्वविद्यालयले पनि मानवशास्त्र एमफिलमा (अंग्रेजी माध्यम) मा पठनपाठन सुरु गरी सकेको रहेछ भने खुल्ला विश्व विद्यालयमा पनि रहेको रहेछ । तर, “राई !” वा ‘चाम्लिङ राई !’ नभनी किरात भनेर आ–आप्mनो यसरी आप्mना संस्कार, संस्कृति, भाषा, भेषभुषा आदि हुँदाहुँदै आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, मेवाहाङ, बान्तावा, बाहिङ, याम्फु, साम्पाङ अन्य किराती जातिहरुलाई ‘ठेलेरै–पेलेरै पठनपाठनका लागि लागू गर्न सहमती दिने ‘डा. विष्णु एस राई, डा. इन्द्र याम्फु राई, डा. तारामणि राई, होम याम्फु, डा. लाल रापचा, अमर तुम्याहाङ, चतुरभक्त राई, जयकुमार राई, डा. भक्त राई, भोगीराज चाम्लिङ आदि’ भोलि केही आई परेमा जिम्म लिन्छन् ? फेरि ‘चाम्लिङ राई !’ भनिनेहरुले त “मुन्दुम ः सृष्टिकथा र मुन्दुम ः होसुङ” दुई किताब पढाउन पाएकोमा गर्व नै गरे होलान् । तर, अलग जातीय स्वपहिचान, अलग भाषा, अलग भेषभुषा, अलग भूमि, अलग संस्कार, अलग संकृति, अलग रीतिथिति आदि भएका प्राडा, डा., प्रा., विद, विज्ञहरुले कसरी आँखा चिम्लिए सर्मथन गरे होलाने ?