निश्चय नै जो कोहीले, जेसुकै विषयमा नयाँ सृष्टि गर्नुलाई हामीले राम्रो मान्नुपर्ने हुन्छ । आफ–से–आफ नयाँ सृष्टि हुनुलाई त झनै राम्रो मान्नुपर्ने हुन्छ । तर, आफ–से–आफ सृष्टि हुने कुरो त धेरै कम मात्रै होला । त्यस्तै यहाँ मान्छेद्धारा ‘मुन्दुम सृष्टि कथा’ २०७१ पुनः प्रकाशन (दोस्रो संस्करण) २०७८ अनि ‘मुन्दुम होसुङ’ २०७३ पुनः (दोस्रो प्रकाशन २०७८ र, ‘मुन्दुम रिलुङ’ २०७८ तीनवटा किताब एकै पटक सँगै (प्याकेजको रुपमा) सृष्टि भएको छ । ती किताबहरु ‘किरात “राई !” चाम्लिङ खाम्बातिम’ नामक संस्थाले प्रकाशन गरेको छ भने, किताबका सृष्टिकर्ता फरक–फरक व्यक्ति रहेका छन् ।
यसरी सृष्टि भएको तीन किताबमध्ये ‘मुन्दुम सृष्टि कथा’ नामक किताबको संकलक तथा सम्पादक भोगिराज चाम्लिङ (“राई !”) रहेका छन् भने, ‘मुन्दुम होसुङ’ किताबको संंंकलक ज्ञावनशेर राई र विश्वराम राई रहेका छन् । सो किताबको सम्पादक भोगिराज चाम्लिङ (“राई !”) छन् । त्यस्तै ‘मुन्दुम रिलुङ’ नामक किताबको संकलक, अुनवादक र सम्पादक भोगिराज चाम्लिङ (“राई !”) नै रहेका छन् । यी तीनवटै किताबको एक्ला–एक्लै मूल्य क्रमशः ३५०, ४५० र ७०० रहेको छ । यसरी हेर्दा तीनवटै किताबको मूल्य १,५०० पर्छ । प्याकेजमा पनि १,५०० नै मूल्य राखिएको छ ।
अर्को भनेको माथि नै शीर्षकमा भनिए भँैm “ किताबको नाम ‘राई !’ मुन्दुम वा चाम्लिङ ‘राई !’ मुन्दुम” राखेको भए सबैलाई प्रस्ट हुन्थ्यो । किनभने ‘राई !’ जात वा जाति नभएर पदवी÷पगरी अथवा ‘तालुकदार÷जिम्मावाल’ मात्रै हो । भलै हाल आएर धेरै किरातीहरुले त्यही ‘राई !’ पदवी÷पगरी अथवा भनौं ‘तालुकदार÷जिम्मावाल’ मात्रै जनाउने शब्दलाई नै जात मानेका छन् । यो पनि सत्य नै हो । त्यसैले ती तीनवटै किताबले राईको नाममा ‘कुलुङ, बाहिङ, बान्तावा, याम्फु, जेरो मेवाहाङ’ आदिको समेत जातीय स्वपहिचान नामेट पार्ने देखिन्छ । अझ ‘मुन्दुम सृष्टि कथा’ नामक किताबमा निकोलेट्टीलाई उद्धरण गर्दै ‘कुलुङ राई जातिमा दुर्ई थरी नोक्छो हुन्छन् मोप र सेलेमोप । त्यस्तै महिला मोप्मे पनि हुन्छ ।’ भनी लेखिएको छ । पाना–२९ ।
जबकि कुलुङ जातिमा ९ प्रकारका धामीहरु हुन्छन् ।
१) नागी मोप, २) देदाम मोप, ३) तोस नोक्छो, ४) सेले मोप, ५) मोबोछा, ६) खार–बीत्रूम मोप, ७) सातीपूस, ८) वैदाङ (मन्त्र पढेर हुने), ९) आल्मी (शिकारी धामी) । त्यस्तै कुलुङ जातिमा महिला र पुरुष मोप वा नोक्छोलाई अलग्गै छुट्टयाएर लिंंगीय विभेद गरिँदैनथ्यो । निकोलेट्टी गलत हुन् कि, भोगिराज ?
त्यस्तै माथि उल्लेखित तीनैवटा किताब किरात मुन्दुम (कुलुङ जातिले रीदूम भन्छन्) सम्बन्धी लेखिएको भन्ने भ्रम दिन खोजिएको भए तापनि भित्री कुरो (गुदी) चाहिँ सबै चाम्लिङ “राई !” भनिनेहरुको मात्रै वर्णन र उदाहरणहरु दिईएको छ । अझ ‘मुन्दुम सृष्टि कथा’ २०७१ को प्रकाशकीय शीर्षक अन्तर्गत (२०७८ को दोस्रो संस्करणमा पनि संशोधन नगरिएको !) राई जाति भनिनेहरुको जातिगत तथ्यांक दिने क्रममा विसं २०६८ को जनगणनाअनुसार भन्दै ६,९४,०९८ भनी कोड गरिएको छ । जबकि विसं २०६८ मा राई जातिको जनसंख्या ६,२०,००४ रहेको छ । मेरो कुरो नै पत्याउनु पर्छ भन्ने छैन, त्यसैले थप पुस्टिका लागि केन्द्रीय तथ्यांक विभाग (केतवि) ले प्रकाशित गरेको ‘नेसनल पपुलेसन एन्ड हाउजिङ सेन्सस् २०११’ नामक रिपोर्ट हेर्न सक्नु हुन्छ, जो कोहीले । चाम्लिङ भाषा बोल्नेहरुको वक्ता संख्या ७६,८०० रहेकोमा सोही भाषा वक्ता संख्यालाई नै चाम्लिङको “राई !”को फुर्को झुन्ड्याएर चाम्लिङ “राई !”का रुपमा प्रस्तुत गर्दै “चाम्लिङ भाषा बोल्ने “राई !”हरुको संख्या ७६,८०० रहेको छ ।” भनिएको छ ।
अचम्मको कुरो के छ भने, नेपालका किरात वा किरातीभित्र पनि “राई !”करणको मारमा परेका कुलुङ, खालिङ, मेवाहाङ, बान्तावा, बाहिङलगायत २६, २७, २८, २९, ३०, ३१ (यति नै भनी हालसम्म कसैले किटान गर्न नसकेको !) भाषी छन्, भने लिम्बु, याक्खा, सुनुवार, जिरेल, थामी, हायु, सुरेल आदिले पनि आपूmलाई किराती नै दावी गर्छन् । यस्तोमा माथि उल्लेखित तीनवटै किताबले नेपालका बाँकी किरातीलाई सम्मिलिकरण (एस्सिमिलेसन) गर्ने देखिन्छ । यसरी हेर्दा त्यसै पनि राई जातको नाममा राईकरण गरिएका वा भनौं “राई !”करणको मारमा परेका कुलुङ, खालिङ, मेवाहाङ, बान्तावा, बाहिङलगायत किराती आआप्mनै जातीय अस्तित्व हुँदाहुादै पनि लोप हुन पुग्ने र उनीहरुको प्रचारप्रसार नहुने खतरा बढेर जाने देखिन्छ । त्यसैले अब जति सक्दो चाँडो कुलुङ, खालिङ, मेवाहाङ, बान्तावा, बाहिङलगायत किरातीहरुले पनि आपैm–आपैmले आ–आप्mनो उत्पत्ति–थलो, पिता–पूर्खा, वंश–परम्परा, इतिहास, सृष्टि कथा, लोक कथा, भाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिथिति, चाल–चलन, चाड–पर्व, परम्परागत कानुन, गरगहना, गीत–संगीत, मूल्य–मान्यता आदिबारे लेख्नैपर्ने देखिन्छ । उनीहरु आपैm–आपैmले आ–आप्mनो उत्पत्ति–थलो, पिता–पूर्खा, वंश–परम्परा, इतिहास, सृष्टि कथा, लोक कथा, भाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिथिति, चाल–चलन, चाड–पर्व, परम्परागत कानुन, गरगहना, गीत–संगीत, मूल्य–मान्यता आदिबारे लेखेनन् भने ‘राई !’ को नाममा चाँडै नै अब संस्कार, संस्कृति आदिमा चाहिँ ‘चाम्लिङ’करण हुने देखिन्छ । जसरी पहिले जातिमा “राई !”करण भयो, भाषामा ‘बान्तावा’करण भयो÷भएको थियो । अझ अनौपचारिक रुपमा के सुनिदैछ भने यसै “–“राई !” मुन्दुम अथवा चामिलङ “राई !” मुन्दुम”लाई नै “राई !”करणमा परेका वा पारिएका सम्पूर्ण किरातीहरुको “मुन्दुम !” हो भनेर ‘युनेस्को’मा दर्ता गर्ने काम हुँदैछ अरे !?, कपी राईट लिने काम हुँदैछ अरे !?!? यदि यो कुरो सत्य हो भने, बाँकी किरातीहरुले स्वीकार गर्ने कि नगर्ने ? प्रश्न गम्भीर छ । त्यसैले “राई !”करणको मारमा परेका कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, बान्तावा, बाहिङलगायत किरातीहरुले वेला छँदै सोच्नुपर्ने देखिन्छ ।
हुन त त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायतर्पm स्नातकोत्तर तहमा दर्शनशास्त्र अन्तर्गत “मुन्दुम ः सृष्टिकथा र मुन्दुम ः होसुङ” पठनपाठन सुरु गरी सकेको रहेछ । त्यस्तै पोखरा विश्वविद्यालयले पनि मानवशास्त्र एमफिलमा (अंग्रेजी माध्यम) मा पठनपाठन सुरु गरी सकेको रहेछ भने खुल्ला विश्व विद्यालयमा पनि पठनपाठन हुने क्रममा रहेछ । तर, “राई !” वा ‘चाम्लिङ राई !’ नभनी किरात भनेरै आ–आप्mनो संस्कार, संस्कृति, भाषा, भेषभुषा आदि छुट्टै हुँदाहुँदै कुलुङ, खालिङ, मेवाहाङ, बान्तावा, बाहिङलगायत अन्य किराती जातिहरुलाई ‘ठेलेरै–पेलेरै पठन–पाठनका लागि लागू गर्न सहमति दिने ‘डा. विष्णु एस राई, डा. इन्द्र याम्फु राई, डा. तारामणि राई, होम याम्फु, डा. लाल रापचा, अमर तुम्याहाङ, चतुरभक्त राई, जयकुमार राई, डा. भक्त राई, भोगीराज चाम्लिङ आदि’ले कसरी…‘चाम्लिङ राई !’ भनिनेहरुले त “मुन्दुम ः सृष्टिकथा र मुन्दुम ः होसुङ” दुई किताब पढाउन पाएकोमा गर्व गरे होलान् । तर, अलग जातीय स्वपहिचान, अलग भाषा, अलग भेषभुषा, अलग भूमि, अलग संस्कार, अलग संकृति, अलग रीतिथिति आदि भएका अन्य (चाम्लिङ बाहेकका) प्राडा, डा., प्रा., विद र विज्ञ ! हरुले कसरी आँखा चिम्लिए सर्मथन गरे ? यस विषयमा अरु बढी बहस र छलफल गर्नुपर्ने देखिन्छ ।