विश्व प्रेस स्वतन्त्रता र नेपालका अनलाइनहरु

  निनाम लोवात्ती
56 Shares

निनाम लोवात्ती

भनिन्छ, ग्रेगोरियन पात्रोअनुसार हरेक वर्षको ३ मे मा ‘विश्व प्रेस स्वतन्त्रता’ दिवस मनाईने गरिन्छ । अतः यो वर्ष पनि नेपाललगायत विश्वका अन्य देशमा पनि गत मे ३ तारिखका दिन ‘विश्व प्रेस स्वतन्त्रता’ दिवस मनाईयो । सो अवसरमा नेपालको प्रेस स्वतन्त्रताको अवस्था र समग्र विश्वका प्रेस स्वतन्त्रताका बारेमा धेरै लेखकहरुले लेख लेखे ।

सो क्रममा नेपालका लेखकहरुले अरु सबै विषयमा ठीक–ठीकै लेखेको देखिए तापनि, ठीक–ठीकै लेखेको मान्न सकिए तापनि नेपालका डिजिटल पत्रिका भनिने अनलाइन न्युज पोर्टलहरुका बारे (खाग गरी केही अनलाइन न्युजपोर्टलहरु) मा भने कसैले पनि खुलेर यसे हुनु पर्छ भनेर लेखेको देखिए । हुनत नेपालका डिजिटल पत्रिका पनि भनिने अनलाइन न्युजपोर्टलका सञ्चालक, सम्पादक, समाचारदाताहरु सरकारको कोपभाजन वा मारमा परेका छन् होला, त्यस विषयलाई अस्वीकार गर्न सकिादैन । तर, त्यस्ता डिजिटल पत्रिका पनि भनिने अनलाइन न्युजपोर्टलका सञ्चालक, सम्पादक, समाचारदाताहरुबाट पनि त नेपालका धेरै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय, समूह वर्ग, सामाजिक संस्था र तिनका प्रमुख आदि अनायासै प्रताडनामा परेका छन्, त्यसका विषयमाचाहिँ कसैले पनि कलम नचलाउने ? कसैले पनि नलेख्ने ? त्यसैले अब प्रेस सवतन्त्रताको नाममा नेपालका डिजिटल पत्रिका भनिने अनलाइन न्युजपोर्टलका सञ्चालक, सम्पादक, समाचारदाता आदिको प्रताडनामा परेका नेपालका धेरै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय, समूह वर्ग, सामाजिक संस्था र तिनका प्रमुख आदिप्रतिको अतिशय र हेपाहा प्रविद्धि विरुद्ध पनि कलम चलाउनेपर्ने वा ऐन, कानुन, नियम, विनियम, कार्यादेश आदि ल्याउनुपर्ने देखिन्छ । तर, त्यस्ता डिजिटल पत्रिका खास कुरो बारेचाहिँ यो पटकको विश्व प्रेस स्वतन्त्रता दिवसको बारेमा लेख्ने लेखकहरुले प्रश्नै उठाएनन्, लेख्दै  लेखेनन् । यो दुःखद पक्ष हो ।

जस्तो यो पंक्तिकारको अनुभवमा डिजिटल पत्रिका भनिने अनलाइन न्युजपोर्टलका सञ्चालक, सम्पादक, समाचारदाताबाट नेपालका धेरै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय, समूह वर्ग, सामाजिक संस्था र तिनका प्रमुख आदि अनायासै प्रताडनामा परेका छन्, पर्ने गरेका छन् । यस्तो कुरोचाहिँ कसले देख्ने ? भन्ने सम्बन्धमा भन्नु उदाहरणसहित भन्नु पर्दा/लेख्नू पर्दा गोरखापत्र दैनिक जस्तो पूरानो र आम पाठकहरुमाझ विश्वासिलो मानिने दैनिकमा भाषा सम्पादकका रुपमा कार्यरत रहनु भएका खोटाङका दीपेन्द्र राई ज्यु सम्पादक रहेको ‘तुवाचुङ अनलाइनले पनि अनेक नक्कली नाममा कुलुङ जातिका विरुद्ध अन्टसन्ट र अनर्गल लेख, रचना, फिचर, विशेष रिपोर्ट, एङ्कर न्यजु, विशेष सम्वादाता, सम्वाददाता आदिको फुर्को झुन्ड्याएर छाप्दै/प्रकाशित गर्दै आएको धेरै लामो समय भएको छ ।

तुवाचुङले त्यसरी कुलुङ जातिका विरुद्ध अन्टसन्ट र अनर्गल लेख, रचना, फिचर आदि छाप्ने क्रममा पछिल्लोपटक सम्वाददाताको नाममा ‘पिल्मो राईहरु भ्रममा नपरौं, अरुले पनि यथार्थ स्वीकारौं’ शीर्षकको एक लेख छापेको/प्रकाशित गरेको थियो । पछि एक पाठकले प्रतिक्रिया पठाएपछि फेरि नाम थपेर चित्रमणि देउराम पिल्मो राई भनेर पुनः छाप्यो हालसम्म छँदैछ । त्यसैले कसैले चाहेमा अभैm पनि हेर्न सक्नु हुन्छ, सो लेख । तर, सम्वाददाताले लेख लेख्छ र ? अनि समाचार पनि लेख जस्तो हुन्छ ? त्यसैले पत्रकारिता र लेख रचनाबारे पढ्नु भएका पत्रकार तथा लेखक ज्युहरुले स्वतन्त्र ढंगले पढेर मूल्यांकन गरिदिनु होला भन्ने आशा छ । अर्को भनेको ‘पिल्मो’ वा ‘पेल्माङ’ भनेको ठाऊँको नाम हो । जस्तै ‘तेह्रथुम’, ‘सम्दु’, ‘संगपु’, ‘कास्की’, ‘पोखरा’, ‘तनहु’ँ, ‘बन्दीपुर’ आदि भने जस्तै ।

एकछिनलाई मानौं ‘बन्दीपुर’मा बसेको मान्छेको जात वा जाति ‘बन्दीपुर’ वा ‘बन्दीपुरे’ हुन्छ ? अथवा म तेह्रथुमको मान्छे हुँ । अब मेरो जात वा जाति नै ‘तेह्रथुमे’ हुन सक्ला ? बहस र छलफल हुनुपर्ने विषय रहेको छ । किनभने, तुवाचुङ अनलाइनले प्रकाशित गरेको र, आप्mनो सम्वाददाताले पठाएको भनिएको लेखमा सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्रको ‘पेल्माङ/पिल्मो’ ठाऊँ/गाउँमा बस्ने कुलुङहरु अलग्गै जाति हुन् भन्ने आशय रहेको छ । तर, उनीहरु (पिल्मोमा बस्नेहरु) को भाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति, रीतिथिति, थर, उपथर, लोक मान्यता, मरेपछि मृतकको आत्मालाई पठाइने पोम्पालुङ (स्वर्ग), पितापूर्खा आदि सबै एकै रहेको छ । मेरो कुरोलाई नपत्याए अभैm पनि जो कोही व्यक्ति महाकुलुङ क्षेत्रमा गएर अध्ययन–अनुसन्धान गरे हुन्छ ।

त्यसैले अनलाइन न्युज पोर्टलमा छापिने सामग्री, खास गरी लेख, रचना, फिचर, आलेख, विशेष रिपोर्ट, रिपोर्ट, एङ्कर न्युज आदि कसले लेखेको/तयार पारेको हो ? सो व्यक्तिको फोटा, छोटो परिचय, इमेल, मोबाइल नम्बर आदि पनि राख्नैपर्ने, ठेगाना राख्नैपर्ने, अनलाइनको कार्यलय हुनैपर्नै, ठेगाना कहाँ हो ? उल्लेख हुनैपर्ने र अनुगमन गर्न अथवा जो कोही जिज्ञासुहरुले त्यस्तो कार्यलय हेर्न चाहेमा हेर्न सक्ने हुनुपर्ने, कुनै पनि अनलाइनले कम्तिामा ६, ७ जना व्यक्तिलाई रोजगारी दिएकै हुनुपर्ने, अन्यथा खारेज गर्ने ‘वाध्यतात्मक व्यवस्था !’ गर्नुपर्ने देखिन्छ । साथै दर्ता शुल्क कम्तिमा ७/८ लाखदेखि १५/१८ लाखसम्म तोक्नुपर्ने देखिन्छु म कुनै ठूलो र बिकाऊ लेखक नभए तापनि ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार