गोर्खेमा सशस्त्र प्रहरीद्धारा भारतीय मदिरा सहितका अवैध सामान बरामद - Nayabulanda.com

गोर्खेमा सशस्त्र प्रहरीद्धारा भारतीय मदिरा सहितका अवैध सामान बरामद

  नयाँ बुलन्द
161 Shares

इलामको गोर्खेमा सशस्त्र प्रहरीद्धारा भारतीय मदिरा सहितका अवैध सामान बरामद

इलाम : स्थानीय तहको निर्वाचनको समय नजिएको मौका छोपी भारतबाट भन्सार छलेर नेपाल ल्याईदै गरेको मदिरा सहितका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।इलामको सूर्योदय नगरपालिका १ गोर्खेको जंगलमा अबैध रुपमा भन्सार छलेर नेपाल ल्याईदै गरेको भारतीय बा्रण्डका मदिरा सहितका सामग्री सशस्त्र प्रहरीले आज बरामद गरेको हो ।

सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल ल्याईदै गरेको ३४ कार्टुन मदिरा , १० कार्टुन भाडा माजने साबुन र ३ बोरा युरिया मल गरी १ लाख ७६ हजार ४ सय बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी पशुपनिगरका सशस्त्र प्रहरी नायब निरीक्षक अइन्द्र कुमार मेयोङ्वाको नेतृत्वमा खटीएको टोलीले भारतीय ब्राण्डको १० कार्टुन हिट बियर, १० कार्टुन सक्किमे रम, १० कार्टुन हनीवी र ४ कार्टुन मक्स गरी ३४ कार्टुन मदिरा बरामद गरेको छ ।

उक्त मदिरा १ लाख ५३ हजार ४ सय रुपियाँ बराबरको रहेको जनाईएको छ । यस्तै उक्त टोलीले २३ हजार मुल्य बराबरको १० कार्टुन भाडा माजने साबुन र तीन बोरा युरिया मल समेत बरामद गरेको छ । प्रहरी देखे पछि सामान ल्याउने ब्यक्ति भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको सामान सशस्त्र प्रहरीले पशुपतिनगर भन्सार कार्यालयमा आज नै दाखिला गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार