माङसेबुङ २ का स्वतन्त्र उम्मद्वार कार्कीको घोषणा : मासिक सुविधाको रकमबाट वडाअध्यक्ष कल्याण कोष

  नयाँ बुलन्द  674 पटक हेरिएको

माङसेबुङ : आसन्न ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का स्वतन्त्र उम्मेद्वार तिलकबहादुर कार्कीले आफू निर्वाचित भए गाउँपालिकाबाट सुविधा नलिने घोषणा गरेका छन् ।

‘पुतली’ चुनाव चिन्ह पाएका कार्कीले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै त्यस्तो घोषणा गरका हुन् । उनले गाउँपालिकाबाट मासिक रुपमा प्राप्त हुने रकमबाट ‘२ नं. वडा अध्यक्ष कल्याण कोष’ खडा गरी सो कोषमा जम्मा भएको रकमबाट वडाकाे विकास गर्ने घोषणा गरेका हुन् ।

कार्कीले स्वास्थ्य, शिक्षा, पूर्वाधार, खानेपानी र सिंचाई, कृषि, स्वास्थ्य, धार्मिक तथा साँस्कृतिक सम्पदा, महिला तथा बालबालिका, लक्षित वर्गलगायतका क्षेत्रमा विभिन्न काम गर्ने योजना समेटेर प्रतिवद्धतापत्र बनाएका छन् । कार्की अहिले प्रत्येक मतदाताको घरदैलोमा पुगेर आफ्नो प्रतिवद्धतापत्र सुनाउँदै मत मागिरहका छन् ।

कार्की ३६ वर्ष लामो शिक्षण पेशाबाट हाल सेवानिवृत्त भई विभिन्न सामाजिक सेवमा क्रियाशील छन् । उनको चुनावी प्रचारबाट गठबन्धन  र एमालेका उम्मद्वारलाई समेत चुनौती थपिएको छ ।

सो वडामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पृथीमान चवेगू र नेकपा एमालेका तर्फबाट कृष्णबहादुर बस्नेत उम्मेद्वार छन् । चवुगू र बस्नेत अघिल्लो निर्वाचनमा समेत उम्मेद्वार भई पराजित भएका थिए । सो वडामा नेपाली कांग्रेसका पुष्पराज कार्की तत्कालिन संघीय समाजवादी पार्टीसँगको गठबन्धनबाट विजयी भएका थिए । यसपटक भने गठबन्धनबाट सो वडा माओवादीको भागमा परेको थियो ।

यस्तो छ प्रतिवद्धतापत्रको पूर्ण पाठ: 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार