पालिकाबाट पाउने सम्पूर्ण सेवा सुबिधा लिन्न : डिगबहादुर थापा

  नयाँ बुलन्द
609 Shares

इलाम : आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट फाकफोकथुम गाउँपालिकाको अध्यक्षका उम्मेद्धार डिगबहादुर थापाले पालिका अध्यक्षमा आफू निर्वाचत भए पालिकाबाट पाउने सम्पूर्ण सेवा सुबिधा नलिने घोषणा गर्नु भएको छ । उहाँले पारिश्रमीक र बैठक भत्ता केही पनि नलिने बताउनु भएको हो । पारिश्रमीक र भत्ताबाट आउने रकम गरिब तथा बिपन्न परिवारको स्वास्थ्य सेवा र आर्थिक अवस्था कमजोर भएका परिवारको छोराछोरीका लागि शैक्षिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अध्यक्षका उम्मेद्धार थापाले समुन्नत फाकफोकथुम, सुखि फाकफोकथुमबासिको नाराका साथ पालिका तथा सदरमुकामसंग जोड्ने बाह«ैमास चल्ने सडक निर्माण, स्वच्छ खानेपानीको ब्यबस्था, मानिसको भिड बढी हुने सार्वजनिक क्षेत्रमा फ्रि वाइफाई, सार्वजनिक शौचालयको ब्यबस्था गर्ने जनाउनु भएको छ । यस्तै शिक्षा क्षेत्रमा सबैको पहुँच पुरयाउनुका साथै प्राबिधिक शिक्षालयको स्थापना, उज्यालो पालिकाको अभियान, एकघर एक पशुबिमाको ब्यबस्था निशुल्क गर्ने महत्वकाङक्षी योजनाहरु अघि सानु भएको छ । यसैगरी कृषि क्षेत्रको आधुनिकिकरण गर्दै उचित बजारको प्रबन्ध, युवा तथा महिलाका लागि सिपमुलक तालिमको ब्यबस्था गरी स्वरोजगार बनाउने मुख्य काम आफूले निर्वाचन जितेमा गर्ने प्रतिबद्धता थापाले जनाउनुभयो ।

उहाँले सहज रुपमा सामाजिक सुरक्षा भत्ता पाउने  ब्यबस्था मिलाउने, पर्यटकीय स्थलको सम्बद्र्धन र संरक्षण गर्दै नयाँ पर्यटकीय गन्तब्यको खोजि गर्दै पर्यटन प्रबद्र्धनमा जोड दिनुका साथै धार्मिक÷सांस्कृतिक क्षेत्रको संरक्षण एवं युवाहरुलाई खेलकुदको क्षेत्रमा अघि बढाउन खेल मैदानका साथै हरेक खेल क्षेत्रमा लगाननी बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार