देउमाईलाइ स्मार्ट नगरका रुपमा विकास गर्छु : होम दुलाल

इलमा : होम दुलाल एक बौद्धिक नेताका सुचीमा पर्छन् । उनी एक असल राजनितिज्ञ हुन् । सानैदेखी राजनैतिक चेतना बोकेका उनी राजनितिबाट नै परिवर्तन चाहान्छन् । राज्यमा बहुदल ल्याउनका लागि अग्रणी भुमिका निवौह गरेका दुलालले हाल देउमाई नगरपालिकामा मेयर पदमा उम्मेद्धारी दिएका छन् ।
बिस २०३६ नेविसंघका तर्फबाट पाचथर जिल्लाका दर्जन बढी सभामा बहुदल पक्षिय वक्ता रहँदा उनले बहुदलका पक्षमा धेरैलाई जनचेतना जगाए । पछि आएर २०४३ मरव क्याम्पस इलाम स्ववियु सचिव उम्मेद्वार उनी २०४६ नेविसंघ इलाम जिल्ला सभापतीमा निर्वाचित भए । पछि २०४७ सालमा नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष समेत रहेका उनी २०४८ सालमा नेपाली कांग्रेस क्षेत्रीय सभापती भए । २०६० सालमा पार्टी जिल्ला सचिव निर्वाचित दुलाल एक प्रष्ट बक्ता हुन् ।
पटक÷पटक महाधिवेसन प्रतिनिधि  र महासमिति सद्स्यमा निर्वाचित उनले राजनीतिमा लागेकै कारण प्रशासनको गिरफ्तार खेप्नु पर्यो । पञ्चायत कालमा ३ वटा मुद्दा लागेर ७ महिना कारावास समेत भोग्नु परेका उनका धेरै अनुभवहरु समेत छन् । २०७४ सालमा देउमाई नगरपालिका प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका उनी दोस्रो मत मात्र ल्याएका थिए । तर यस पटक उनै मतदाताको माग र चाहाना बमोजिम आफु आएको र पार्टीले समेत पठाएकाले जनतासामु आफ्ना प्रतिवद्धता पत्र सहित जाने काम गरिरहेको उनी बताउँछन् ।
उनी देउमाईबासी समक्ष हाल अमुल्य मत दिए देउमाईलाइ स्मार्ट नगरका रुपमा विकास गर्ने सोचमा छन् । आफुले जित्न सके देउमाईबासीले धिक्कार्नु पर्ने अवस्था नआउने उनको भनाई छ । जन्म र मृत्यू दर्ताको सिफारिसमा कर लिन नहुने सोच भएका उनी जित हाँसिल भएमा देउमाईबासीकै सल्लाह बमोजिम अघि बढ्ने बताउँछन् ।
आफुले जित हाँसिल गर्न सके देउमाईबासीले पछुताउनु पर्ने अवस्था आउन नदिने उनको भनाई छ । धेरै बोल्न भन्दा काम गरेर देखाउने दाउमा छन् उनी । शिक्षा, स्वाथ्य, सडक, कृषि र पर्यटनको विकासमा आफ्नो ध्यान जाने भएकाले पनि आफुलाई मत दिन जनतासमक्ष उनको माग छ । बालबालिका, युवा एवम् बृद्धबृद्धका लागि छुट्टै र नमुना कार्यक्रम ल्याउने उनको भनाई छ । जनताको घरघरमा जाँदा आफ्नो पक्षमा जनता लागि परेको समेत उनी बताउँछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार