इलाम : गठबन्धनमा रहेका दलहरुले इलाममा स्थानीय तह निर्वाचनलाई कसिलो बनाउदै गएका छन् । केन्द्रको निर्देशन अनुसार गठबन्धन भएका इलामका १० स्थानीय तहमा गठबन्धनमा रहेका नेपाली काग्रेस, नेकपा समाजवादी(एस)माओवादी केन्द्र र जनता समाजवादी सहितको गठबन्धनले गठबन्धनका उम्मेद्धवार सहितका साझा कार्यक्रम गरेर गठबन्धनलाई कसिलो बनाउन थालेका हुँन ।गठबन्धन हुँदै गर्दा केहि नेता कार्यकर्ताबाट बिरोध भए पनि निर्वाचन नजिकिदै जादा गठबन्धनमा रहेका दलका नेता कार्यकर्ता आफना संयुक्त उम्मेद्धवारलाई जिताउनका लागि कम्बर कसेर लागेका छन् ।
गठबन्धन भएका इलामका ४ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख , उप प्रमुख र केहि वडामा गठबन्धन गरेका यी दलले साझा चुनावी कार्यक्रम बनाएर अभियान संचालन गरिरहेका छन् । उनीहरुको छुट्टाछुट्टै कार्यक्रम गर्दा पनि गठबन्धनका उम्मेद्धारका चुनाव चिन्हमा मतदान गर्न मतदातालाई मतदाता शिक्षा दिन थालेका छन् । नेपाली काग्रेस सूर्योदय नगरपालिकाका नगर सभापति जिवन कुमार नेपालले गठबन्धनको मर्म अनुसार संयुक्त उम्मेद्धवारलाई निर्वाचित गराउन अभियान थालिएको बताउनु भयो । उहाले भन्नु भयो ‘गठबन्धनका उम्मेद्धारको पक्षमा महोल बन्दै गएको छ , मतदाताले कुरा बुझी सकेका छन ।’
यता नेकपा एसका सूर्योदय नगर संयोजक तारा नेपालले गठबन्धन अनुसार मंगलबारबाट संयुक्त कार्यक्रमलाई थप प्रभावकारी बनाइईने जानकारी दिनु भयो । सूर्योदयमा नेकपा एसका रणबहादुर राई मेयरमा र उप मेयरमा कांग्रेसका दुर्गा कुमार बराल हुनुहुन्छ ।माओवादी केन्द्रका सूर्योदय नगर इन्चार्ज प्रविन तिम्सिनाले गठबन्धनका उम्मेद्धवारलाई जिताउन सबै एकजुट हुनुपर्ने बताउनु भयो ।इलामको देउमाई नगरपालिकामा गठबन्धनले चुनावी अभियानलाई तिब्रता दिएका छन् । गठबन्धनबाट मेयरमा काग्रेसका होम दुलाल र उप मेयरमा माओवादी केन्द्रका राम राईलाई जिताउन गठबन्धन दलहरु संयुक्त रुपमा लागी परेका छन् । काग्रेसका देउमाई सभापति दिलीप कार्कीले गठबन्धनका उम्मेद्धवारलाई जिताउनका लागि संयुक्त कार्यक्रम संचालन भैरहेको जानकारी दिनु भयो ।
माई नगरपालिकामा गठबन्धनको तर्फबाटमाओवादी केन्द्रका धनकुमार लिम्बु मेयरमा र उप मेयरमा काग्रेसका हेमबहादुर लिम्बुलाई जिताउनका लागि गठबन्धनमा आवद्ध दलहरु लागि परेका छन् । माईका काग्रेस नेता बिष्णु कार्कीले माईमा गठबन्धनको पक्षमा कार्यकर्ताको आर्कषण बढेको बताउनु भयो ।
रोङ गाउँपालिकामा नेकपा एस र माओवादी केन्द्रले काग्रेसबाट गाउँपालिका अध्यक्ष उम्मेद्धवार मनिकुमार स्याङबो र उपाध्यक्ष कल्पना भण्डारीलाई सर्मथन गरिसकेका छन् । माईजोगमाई गाउँपालिकमा गठबन्धनबाट गाउँपालिका अध्यक्षमा उम्मेद्धवारी दिनु भएका नेकपा एसका जित बहादुर राई र उपाध्यक्षकी उम्मेद्धार काग्रेसकी प्रविना राईलाई जिताउनका लागि लागि परेको माओवादी केन्द्रका नेता देबीभक्त शिवाकोटीले जानकारी दिनु भयो । माईजोगमाईमा काग्रेस , नेकपा एस र माओवादीको संयुक्त गठबन्धन रहेको छ ।
सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट काग्रेसका तुला गुरुङलाई अध्यक्षमा र उपाध्यक्षमा नेकपा एसका हरी लुंगेली उपाध्यक्षमा जिताउनका लागि गठबन्धन दल लागि परेको नेपाली काग्रेस इलामका जिल्ला सदस्य प्रकाश भट्टराईले जानकारी दिनु भयो । फाकफोकथुमा गाउँपालिकमा गठबन्धनबाट काग्रेसका डिकबहादुर थापा अध्यक्ष र माओवादी केन्द्रका केवी बान्तबालाई उपाध्यक्षमा जिताउनका लागि संयुक्त कार्यक्रम र घरदैलो कार्यक्रम भैरहेको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिनु भयो ।
चुलाचुली गाउँपालिकामा गठबन्धनबाट काग्रेसका राजेन्द्र केरुङ अध्यक्ष र मोआवदी केन्द्रका सुकबहादुर लावती उपाध्यक्षमा चुनाव लड्दै गर्दा गठबन्धन दलहरु संयुक्त रुपमा दुबै उम्मेद्धारलाई जिताउन लागि परेको माओवादी केन्द्रका नेता कान्छा लावतीले जानकारी दिनु भयो । माङ्सेबुङ गाउँपालिकमा गठबन्धनबाट काग्रेसका अध्यक्षका उम्मेद्धवार डिकेन्द्र इदिङ्गो र उपाध्यक्ष पद पाएका जनता समाजवादी पार्टीका बिनोद नेम्वाङको पक्षमा माहोल बनाउनका लागि कार्यकर्ता समेत सक्रिय भएको गठबन्धन दलका नेताले जानकारी दिएका छन् । इलाम नगरपालिकामा काग्रेसका केदार थापालाई मेयरमा र काग्रेसकै उपमेयर पदकी उम्मेद्धवार बिष्णु दाहाल लिम्बुलाई गठबन्धन दलले सहयोग गर्ने भएका छन । इलाम नगरका वडा स्तरमा गठबन्धन रहेको छ ।
गठबन्धन दलहरु चुनावी घोषण पत्र र आफना पार्टीका एजेण्डा सहित मतदाताको घरदैलोमा मत माग्न पुगीरहेका छन ।यता जिल्लामा एक्लै चुनावी मैदानमा रहेको नेकपा एमालेले आफना चुनावी गतिविधि र अभियानलाई तिब्रता दिएको छ । जिल्लाका १० वटै पालिकामा आफना उम्मेद्धवारलाई बिजयी गराउन एमालेले घरदैलो र भेटघाट कार्यक्रम गर्दै आएको छ । कतिपय स्थानमा गठबन्धन भए पनि सिंगल चुनाव लडेको जसपाले पनि आफना कार्यक्रम संचालन गर्दै मत माग्न घर घर पुगीरहेको छ । यस्तै राप्रपा, मंगोल नेशनस अर्गनाईजेसन लगायतका दलले पनि आफना एजेण्डा सहित जनताका घर घरमा मत मागी रहेका छन ।
२०७४ सालको स्थानीय निर्वाचनमा एमालेले ७ पालिका र काग्रेसले ३ पालिकामा बिजयी प्राप्त गरेको थियो । नेकपा एमाले फुटेर नयाँ पार्टी नेकपा एस बनेपछि जिल्लामा नेकपा एसले एमालेको भोट काट्ने अवस्था छ । केहि पालिकामा थोरै मतान्तरले पराजित भएका उम्मेद्धारलाई यस पटक गठबन्धनका कारण नेकपा एस र माओवादीको समेत मत गर्दा जित्न सजिलो पर्ने काग्रेस जिल्ला सभापति डम्बर खड्काले दावी गर्नु भयो ।
यता नेकपा एसका जिल्ला अध्यक्ष भक्त केसीले गठबन्धनको मर्म र भावना अनुरुप जिल्ला भरी कार्यक्रम भैरहेको जानकारी दिनु भयो । उहाले गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेद्धवारलाई जिताउन लाग्ने र नभएका स्थानमा स्वच्छ प्रतिष्पर्धा गरिने जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘गठबन्धनलाई जिताउन हामी लागि पर्छौ, कसैले कमजोरी गरेको पाईएमा कारवाही गर्छौ ।’उहाले देशको अहिलेको आवश्यक्ता नै गठबन्धन भएकाले आफनो पार्ती त्यसमा प्रतिबद्ध रहेको प्रस्ट पार्नु भयो ।