इलाम : नेपाली कांग्रेसले इलाम नगरपालिकाको संकल्प पत्र सार्वजनिक गरेको छ । समुन्नत इलाम, सम्पन्न इलामेली नेपाली कांग्रेस नेतृत्वको सवल स्थानीय सरकार भन्ने नाराका साथ पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, स्बच्छ खानेपानी, शहरको सौन्दर्य प्रवद्र्धन, कृषि आधुनिकीकरण, पर्यटन ,रोजगार,विपद व्यवस्थापन ,खेलकुद,साहित्य र संस्कृतिको संरक्षण तथा फोहोर व्यवस्थापनको मुद्दासहितको संकल्पपत्र सार्वजनिक गरिएको छ ।
यस्ताे छ संकल्प पत्र :-
राष्ट्रियता, लोकतन्त्र र समाजवाद
नेपाली कांग्रेस इलाम
स्थानीय तह निर्वाचन २०७९
नेपाली कांग्रेस
इलाम नगर कार्य समितिको संकल्प पत्र २०७९ बैशाख
(समुन्नत इलाम, सम्पन्न इलामेली )
संस्थागत तथा सामाजिक विकास
- जनप्रतिनिधिहरु र नगरपालिका अन्तर्गत गठन हुने समितिहरुका पदाधिकारीहरुलाई “म भ्रष्ट्राचार गर्ने छैन, र भ्रष्ट्राचार गर्न दिने छैन, इलाम नगरवासी प्रति इमान्दार, जिम्मेवार र जवाफदेही रहनेछु” भनी शपथ गराइनेछ र सोको फ्लेक्स तयार गरी सबैले देख्ने गरी नगरपालिका भवन, वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा टाँसिनेछ ।
- भ्रष्टाचारजन्य क्रियाकलापलाई सहन गरिने छैन, योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन कार्यलाई अझ प्रभावकारी र नतिजामूलक बनाइनेछ ।
- इलाम नगरपालिकाअन्तर्गत सञ्चालित कुनै कार्यक्रम वा आयोजनामा भ्रष्ट्राचार र अनियमितताको गुनासो वा शिकायत आएमा नगरवासीहरुप्रति मेयर, उपमेयर र वडाध्यक्ष पूर्ण रुपले जिम्मेवार र जवाफदेही हुनेछ ।
- जनप्रतिनिधिहरुको सम्पत्ति विवरण प्रत्येक वर्षको श्रावण महिनामा सार्वजनिक गरिनेछ ।
- नगरका विकास निर्माण गतिविधिहरुलाई आमसञ्चारबाट प्रकाशन तथा प्रसारण गर्नका लागि स्थानीय सञ्चार क्षेत्रलाई सहयोग गरी लोक कल्याणकारी विज्ञापन समेत उपलब्ध गराइनेछ ।
- नगरपालिकाबाट प्रदान गरिने प्रत्येक सेवा अनलाईन एवं अफलाईन माध्यमबाट नागरिक वडापत्र उपलब्ध गराइनेछ ।
- वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रहरुमा सिसिटिभि क्यामेरा जडान लगायत प्रविधिमैत्री कार्य गरी अनलाइन सेवा प्रवाहलाई व्यवस्थित गरी टुरिस्ट इन्फरमेसन एप प्रयोगमा ल्याइनेछ ।
- वडास्तरको स्वीकृत आयोजना तथा कार्यक्रमहरुको संझौता, कार्यान्वयन तथा अनुगमनको अधिकार वडालाई प्रत्यायोजन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ ।
- सेवाग्राहीहरुसँग समयसमयमा परामर्श, अन्तर्क्रिया र सर्वेक्षण गरी सेवा प्रवाहमा गुणात्मक सुधार गर्ने सेवा प्रवाहका क्रममा लाभग्राहीहरुको गुनासो सुन्ने संयन्त्रलाई प्रभावकारी र व्यवस्थित गरिनेछ ।
- विशेष वर्ग तथा फरक क्षमता भएका व्यक्ति, अशक्त, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला, दीर्घ रोगी नागरिकका लागि घरदैलोमा नै सेवा उपलब्ध गराइनेछ ।
- सिफारिस, राजस्व सेवा, घरनक्सा ईजाजत जस्ता सेवाहरु विद्युतीय माध्यमबाट गर्ने गराउने व्यवस्था गरिनेछ ।
- इलाम नगरमा बसाइ सरी आउने नयाँ परिवारलाई वडाध्यक्षबाट घरदैलोमा स्वागत कार्यक्रम र सामाजिक अन्तरघुलनमा सहजीकरण गरी परिवारको मुख्य सदस्यलाई स्वास्थ्य बीमा कार्ड उपलब्ध गराइनेछ ।
- न्यायिक समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन, छिटो छरितो न्याय प्रदान गर्नका लागि समितिको क्षमता विकास गर्ने र न्याय क्षेत्रको जनशक्तिको व्यवस्था तथा मेलमिलाप केन्द्रलाई आवश्यक सहयोग गरिनेछ ।
- अन्य संस्थासँगको सहकार्यमा आवश्यक जनशक्तिको व्यवस्था गर्दै क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्र तथा गैसस क्षेत्रलाई आवश्यक सहयोग गरिनेछ ।
- नगरपालिकाअन्तर्गत नयाँ कानुन निर्माण गर्दा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल गरिनेछ र आवश्यक स्थानीय कानुन निर्माण गरी लागू गरिनेछ ।
- उपलब्ध साधन–स्रोतको समुचित परिचालन गर्दै थप साधनस्रोतका लागि दायरा फराकिलो बनाइनेछ ।
- उद्यम व्यवसाय मैत्री कर प्रणाली निर्धारण गरी लगानीलाई आकर्षक, भरपर्दो र सुरक्षित बनाउन सहयोग गरिनेछ ।
- स्थानीय कच्चा पदार्थको प्रयोग, रोजगारी सिर्जना र हरित उद्योग व्यवसायलाई कर सहुलियत दिइनेछ ।
- सार्वजनिक सेवा र नागरिक हितको आधारमा करको निर्धारण गरी दोहोरो कर प्रणालीको अन्त्य गर्दै विद्युतीय कर प्रशासन लागू गरिनेछ ।
- विकास–निर्माण र सेवा प्रवाहमा एकरुपता ल्याउन र स्रोतको समुचित उपयोग गर्न संघ, प्रदेश र अन्य स्थानीय तहसँग निरन्तर सहकार्य, समन्वय र परामर्श गर्ने संयन्त्र निर्माण गरिनेछ ।
- पूर्वाधार विकास, यातायात, फोहोरमैला व्यवस्थापन, पर्यटन प्रर्वद्धन, जलस्रोत विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारवीच आवश्यकता अनुसार सहकार्य गरिनेछ ।
- पूर्वाधार निर्माण, उद्यम विकास, रोजगारी सिर्जना र सेवा प्रवाहमा निजी क्षेत्रसँग सहकार्य गर्ने वातावरणीय विनास तथा विपद न्यूनीकरणका लागि पूर्वाधार विकास गर्न आवश्यक साझेदारी गरिनेछ ।
- सहरी विकासका नवोदित आयामहरूको सिकाई तथा प्रविधि हस्तान्तरणका लागि स्वदेश तथा विदेशका स्थानीय सरकारसँग भगिनी सम्वन्ध स्थापना गरिनेछ ।
- विशिष्टिकृत सेवा, नवप्रवर्तन र बजार पहुँचका लागि प्रतिष्ठान, विश्वविद्यालय र व्यावसायिक तथा नवप्रवर्तन केन्द्रसँग सहकार्य गरिनेछ ।
- क्षमता विकास र सेवा प्रवाहका क्षेत्रमा गैरसरकारी तथा सामाजिक संघ–संस्थासँग सहकार्य गरी सहरी गरिबी न्यूनीकरणका लागि आवश्यक रणनीति कार्यान्वयन गरिनेछ ।
- सामाजिक रुपान्तरण, अधिकारमैत्री सेवा, निगरानी र सचेतनाका लागि नागरिक समाज र अभियन्तासँग सहकार्य गरिनेछ ।
- स्थानीय भाषा, संस्कृति तथा कलाको संरक्षण लगायतका विविध कार्यका लागि नागरिक सहभागिता अभिबृद्धि गर्न नगरपालिकाअन्तर्गत गठित समिति, प्रतिष्ठान तथा गैससहरुको परिचालन तथा सहकार्य अभिबृद्धि गरिनेछ ।
- घरेलु हिंसा तथा महिला माथि हुने हिंसामा शून्य सहनशीलताको नीति अख्तियार गरिनेछ ।
- जातीय, साँस्कृतिक, लैगिक, वर्गीय, सामाजिक विभेदको पूर्ण रूपमा अन्त्य गरिनेछ ।
- धुम्रपान, मध्यपान, लागू पदार्थको लत जस्ता सामाजिक विकृतिको उचित व्यवस्थापन, नियमन र नियन्त्रण गरिनेछ ।
- स्थानीय विविधतालाई सम्मान गर्दै विभिन्न जाति र समुदायको भाषा, लिपि, संस्कृति र सम्पदाको संरक्षण गरिनेछ ।
- दलित तथा सुकुम्वासी आवास कार्यक्रम सञ्चालनका लागि सहकारीमार्फत ऋण र अनुदानको व्यवस्था गरी नक्सापास दस्तुर छुट दिइनेछ साथै अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने नीति ल्याइनेछ ।
- लक्षित समूह, दलित, अल्पसंख्यक, आदिवासी जनजाति, पिछडा वर्ग र अपाङ्गता भएका व्यक्तिहरुको सीप अभिबृद्धिका लागि तालिम, सहुलियतपूर्ण ऋण तथा अनुदान र उद्यमशीलता तालिमको सुविधा दिइनेछ ।
- प्रमाण, तथ्य र तथ्यांकका आधारमा बजेट, नीति, कार्यक्रम, योजना तथा परियोजना तर्जुमा गर्ने र प्राथमिक एवं द्धितीय स्रोतमार्फत संकलित तथ्य र तथ्याक संग्रहको डाटाबेस स्थापना गरिनेछ ।
- स्थानीय तहमा रहेका सम्पूर्ण दस्तावेज एवं सान्दर्भिक जानकारीलाई अभिलेखीकरण गरी वेबसाइटमा प्रकाशित गरिनेछ ।
- नगर प्रहरीलाई नगर सुरक्षा र विपद् व्यवस्थापनसँगै मोबाईल एपमार्फत् सूचना तथा जानकारी संकलनका लागि परिचालन गर्दै आपतकालीन सेवा सञ्चालन केन्द्रलाई व्यवस्थित गरिनेछ ।
- गैरसरकारी एवं विकास साझेदार संस्थाहरुले विभिन्न क्षेत्रहरुमा सञ्चालन गर्ने कार्यक्रमहरु स्रोतको व्यवस्थापन एवं प्राथमिकीकरणको सिद्धान्त अनुसार गर्न औपचारिक प्रणालीको विकास गरिनेछ ।
- इलाम नगरपालिकाको प्रत्येक शाखाहरुको सूचना प्रविधिको सहयोगले हालको अवस्था तथा समस्या अध्ययन गरी उपयुक्त प्रविधिको विकास र कार्यान्वयन गरिनेछ ।
- सूचना प्रविधिको विकासका क्रममा अन्य क्षेत्रमा लागू गरिएका सफल अभ्यास एवं सिकाइबाट शिक्षा लिएर अनुकरण गरिनेछ ।
- आवश्यकता अनुसार मोवाईल एपको निर्माण तथा प्रयोग गरी सूचना प्रविधि मैत्री नगरपालिका निर्माण गरिनेछ ।
- जनप्रतिनिधिसँग नागरिक सम्वाद गर्ने नीति, कानून, योजना तथा कार्यक्रम तर्जुमामा नागरिक सहभागिता सुनिश्चित गरिनेछ ।
- सरकारी आयोजना तथा सेवा प्रवाहको सहभागितामूलक अनुगमन तथा मूल्याड्ढनको लागि आवश्यक व्यवस्थापन मिलाइनेछ ।
- स्थानीय सरकारका योजना, कार्यक्रम र गतिविधिको अनुगमन, मूल्याड्कन र निगरानी गर्न नगर स्तरीय बनाइनेछ ।
- वडास्तरमा युवा, विद्यार्थी, नागरिक अगुवा आदि सम्मिलित रहने नागरिक समूहलाई परिचालन गरी स्थानीय तहको गुनासो सुनुवाई एवं व्यवस्थापन सहजीकरण गरिनेछ ।
- मासिक रुपमा स्थानीय तहका योजना तथा कायक्रमबारे छलफल तथा बहस गर्नका लागि सामदुायिक रेडियो एवं स्थानीय रेडियोहरुसँग साझेदारी गरिनेछ ।
- आर्थिक पारदर्शिता कायम गरी पदीय दुरुपयोग नगर्ने नीति अवलम्बन गर्दै सेवा प्रवाह र सुशासनका दृष्टिले उदाहरणीय र नमुना नगरपालिका बनाइनेछ ।
- प्रविधिमैत्री, नागरिकमैत्री, अधिकारमैत्री र सूचना प्रविधिमैत्री, समाज रुपान्तरणको अठोट लिएर काम गर्ने पद्धति बसाई जनताको आवाज सुन्ने, सवांद गर्ने वास्तविकता बुझ्ने र निणर्य लिने कार्य पद्दति लागू गरिनेछ ।
- बेरुजु शून्य कार्यलाई प्रभावकारी गर्न र भ्रष्टाचारजन्य कार्यलाई निरुत्साहित गर्नका लागि नगरपालिकाको लेखा समिति र आलेप शाखालाई थप साधनस्रोत र अधिकारसम्पन्न बनाइनेछ ।
- नगरपालिकाअन्तर्गतका कर्मचारीहरुको लागि आवश्यकतालाई मध्यनजर गरी मोटरसाइकल, स्कुटर, ल्यापटप, मोवाइल, आवास सुविधा, स्वास्थ्य बीमा, योगदानमा आधारित सामाजिक सुरक्षा र पर्यटन बिदाको व्यवस्था मिलाइनेछ ।
- टोल विकास संस्था गठन तथा परिचालनका लागि कानुन निर्माण गरिनेछ र नगरपालिकाअन्तर्गतका विषयगत समिति तथा विभिन्न समिति तथा प्रतिष्ठानहरुलाई सहयोग गरिनेछ ।
- स्रष्टा पार्कको शिलालेखमा नाम अंकित स्रष्टाहरुमध्ये जीवित स्रष्टाको बैक खातामा वार्षिक रु १ हजार रकम जम्मा गरी सम्मान तथा प्रोत्साहन गरिनेछ ।
पर्यटन क्षेत्र
- इलाममा पर्यटकीय आकर्षण अभिबृद्धिका लागि पर्यटन पदमार्ग, जिप लाइन, प्याराग्लाइडिंग, रकक्लाइम्विंग, बन्जीजम्प लगायत नयाँ पर्यटकीय गन्तव्यको आकर्षण थप गर्न सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रसँग सहकार्य गरेर आवश्यक व्यवस्थापन गरिनेछ ।
- इलाम भालुढुंगा क्षेत्रमा पर्यटकीय आकर्षणको लागि चिडियाखाना स्थापना गर्न र सो क्षेत्र नजिकै पशुपंक्षी सेवा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाइनेछ ।
- इलाम पर्यटकीय नगरको रुपमा रहेकोले पर्यटकीय स्थलहरुको संरक्षण, प्रर्वद्धन र विकासका लागि इलामको संस्कृति र प्रकृतिलाई जोडेर पर्यटकीय गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।
- पाटेनागी लगायत नगरका प्रमुख पर्यटकीय स्थलहरुको निर्माण, मर्मतसुधार तथा सौन्दर्यीकरणको कार्यलाई प्राथमिकतामा राखिनेछ र पर्यटकीय स्थलमा निशुल्क वाइफाइ सेवाको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
- माइपोखरी धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सन्दकपुर गाउँपालिकासँग सहकार्य गरिनेछ ।
- ऐतिहासिक इलाम चिया बगान, लिम्बु संस्कृति, लाप्चा संस्कृति, सुनुवार संस्कृति, माइस्थानको निसानघरलाई सम्पदा सूचीमा सूचीकृत गराउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ र नगरमा संग्रहालयको व्यवस्थापनमा सहयोग गरिनेछ ।
- होटल तथा होमस्टेहरुमा इन्डक्सन चुल्हो÷बायोग्यास÷सौर्य ऊर्जा व्यवस्थापनको लागि सहकारी संस्थासँग सहकार्य गरी सहुलियत ऋण र अनुदान सुविधा दिइनेछ ।
- इलामको पर्यटन र होटल क्षेत्रमा कार्यरत सूचीकृत मजदूर, पथप्रदर्शक, ट्राभल एजेन्सी मजदूर, सवारीचालक र सहचालकलाई मजदूर कल्याण कोषबाट रु ५० हजारसम्मको उपचार खर्च र रु ५ लाखसम्मको बीमा सुविधा उपलब्ध गराइनेछ ।
- इलाम भीमसेनथान छेउको नयाँबजारमा पार्किङ्ग सुविधासहितको बहुतले कृषिबजार निर्माण गरी सञ्चालनमा ल्याई चोकबजार क्षेत्रको मोटरसाइकल तथा कार पार्किङ्गलाई व्यवस्थित गरिनेछ ।
- फाल्गुनन्द सुकिलुम्वा एयरपोर्ट प्रयोग गरी इलाम घुम्न आई इलामबजार आसपासदेखि पाटेनागी पर्यटकीय क्षेत्रसम्मको सूचीकृत होटल तथा होमस्टेहरुमा रात बिताउने पर्यटकहरुलाई आकर्षित गर्नका लागि हवाइ भाडामा अनुदान सुविधा दिइनेछ ।
- इलामको पर्यटकीयस्थलहरुको सरसफाइ र सौन्दर्यीकरणका लागि ५५ वर्षदेखि ६५ वर्षसम्म व्यक्तिहरुलाई वैतनिक स्वयम्सेवकको रुपमा सूचीकृत गरी रोजगारी उपलब्ध गराइनेछ ।
- बालमैत्री, वातावरणमैत्री, लगानीमैत्री र पर्यटनमैत्री स्थानीय शासनका लागि आवश्यक नीति तथा कानुन निर्माण गरी कार्यान्वयन गरिनेछ ।
- सामाजिक सुरक्षा कार्यक्रममा सूचीकृत जेष्ठ बिपन्न नागरिकलाई इलाम र धरानको पर्यटकीय स्थल भ्रमणको लागि ट्राभल एजेन्सीमार्फत प्रति व्यक्ति रु १५ हजार अनुदान दिइनेछ ।
स्वास्थ्य क्षेत्र
- इलाम अस्पताललाई ३०० शैया सम्मको अस्पताल बनाउनका लागि आवश्यक क्रियाकलापहरु अगाडि बढाउन पहल गरिनेछ ।
- इलाम अस्पतालमा जन्मेका प्रत्येक बच्चालाई जन्मदर्तासँगै ३ वर्षसम्म स्वास्थ्य बीमा सुविधा र स्थानीय सहकारीमा बाल बचत खाता खोल्न रु १ हजार अनुदान दिइनेछ ।
- सुत्केरी महिलालाई ५ हजारसम्मको सुत्केरी सुविधा दिई सुनौलो हजार दिनको समयमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुमार्फत घरदैलो सेवा उपलब्ध गराइनेछ ।
- सुत्केरी महिला कर्मचारी तथा शिक्षिकाहरुलाई ४ महिनाको तलवी बिदा दिई निजहरुको स्थानमा करार सेवाको माध्यमबाट वैकल्पिक जनशक्ति व्यवस्थापन गरिनेछ ।
- इलाम अस्पताल, इलाम आँखा अस्पताल र स्वास्थ्य केन्द्रहरुको स्तरोन्नतिको लागि विशेष कार्यक्रम सञ्चालन गरी इलाम अस्पतालमा सेवाग्राहीहरुको सुविधाका लागि स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क स्थापना गरिनेछ ।
- अनाथ बालबालिका र असहाय बृद्धबृद्धा तथा हिंसापीडित महिलाहरुको लागि विशेष कार्यक्रम ल्याई पोखरी दृष्टिविहीन विद्यालय, माईभगवती बृद्धाश्रम, राहसल अनाथालयको स्तरोन्नति गर्दै नियमित स्वास्थ्य परीक्षणमा सहयोग गरिनेछ ।
- वैकल्पिक उपचार पद्धति, आयुर्वेद होमियोपेथी, अकुपञ्चर, ध्यानयोग जस्ता कुरालाई प्रोत्साहित गरिनेछ ।
- महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई समयानुकूल तालिम तथा मनोसामाजिक परामर्श तालिमको व्यवस्था गरी दक्षता अभिबृद्धिको कार्यक्रम ल्याइनेछ ।
- कडा रोग लागेका बिरामी तथा दीर्घ रोगीहरुको लागि स्वास्थ्य उपचार कोष खडा गरी मेयर उपमेयर वडाध्यक्ष कार्यपालिका सदस्यहरुबाट मासिक १ हजारका दरले सहयोग रकम जम्मा गरिनेछ र सो कोषबाट कार्यविधिबमोजिम स्वास्थ्य बीमाको सुविधा दिई कडा रोगीलाइ वार्षिक १ पटकका लागि रु १५ हजारसम्मको सहयोग गरिनेछ । यस उपचार कोषमा वार्षिक रुपमा १ हजार रुपैया योगदान गरी सबैका लागि त्याग गर्ने सूचीकृत बिरामीलाई औषधोपचार खर्चको बिलबमोजिम वार्षिक १ पटकका लागि रु ५० हजारसम्मको सहायता दिइनेछ ।
कृषि क्षेत्र
- बाँझो जमिन प्रयोगमा ल्याउने प्राथामिकता योजनामा राखी प्रोत्साहनमूलक नीति ल्याई कृषि उत्पादनमा वृद्धि गरिनेछ ।
- इलामलाई प्रांगारिक कृषि उत्पादकत्वमा वृद्धि गर्न हरित कृषि अभियान संचालन (प्रविधि सहयोग, कृषि विमा) गरी कृषि, साहसिक, धार्मिक र पर्या पर्यटनको समेत गन्तव्यस्थल बनाइनेछ ।
- ६ महिना भन्दा बढी न्यूनतम १ रोपनी खेतीयोग्य जग्गा बाँझो राख्ने जग्गाधनीहरुको सूचना दिने सूचीकृत बेरोजगारलाई सूचनाको सत्यापन प्रमाणित भएपछि प्रति सूचना रु २५००।०० का दरले प्रोत्साहित गरिनेछ ।
- वडा वडामा कृषि उपजहरुको सहज बेचबिखन तथा संकलनका लागि सहकारी संस्थाहरुलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग गरिनेछ ।
- नगरको प्रत्येक वडामा बैकिङ्ग तथा बीमा कम्पनीको सेवा पु¥याउन आवश्यक व्यवस्था गरिनेछ । पशु तथा कृषि बीमाको कार्यलाई प्रोत्साहित गरिनेछ ।
- वन्यजन्तु (बाँदर, बँदेल, मृग, दुम्सी) को यथोचित व्यवस्थापन तथा वन्यजन्तुलाई वनजंगलमा आहाराको लागि सो अनुरुपको रुखविरुवा लगाउने कार्यमा सामुदायिक वन उपभोक्ता समूहहरुको कार्ययोजना कार्यान्वयनमा सहयोग गरिनेछ ।
- सिंचाइ कुलो निर्माण तथा मर्मतसुधारको कार्य गरिनेछ र कृषिको व्यावसायीकरणको लागि बीउबिजन, औजार उपकरण र प्राविधिक सेवा उपलब्ध गराई प्रोत्साहन गरिनेछ ।
- कृषि विकास योजना तयार गरी एक वडा एक उत्पादन, फलफुल उत्पादन अभिबृद्धि तथा बजारीकरण, पशु बधशाला व्यवस्थापन, गाईपालन, मौरीपालन, बाख्रापालन, बंगुरपालन र माछापोखरी लगायत व्यावसायिक कृषि तथा पशुपालनमा अनुदान सुविधा दिइनेछ ।
- नगरपालिका भित्रका जग्गालाई ब्यापारीक र कृषिजन्यमा बर्गीकरण गरी बैज्ञानीक तवरले मुल्याङ्कन गरेर मात्र भुमिकर लगाइनेछ
- भुमि आयोगबाट समेटन नसकिएका अति बिपन्न बर्गलाई सुरक्षित आवासको ब्यवस्था क्रमागत रुपमा गरिनेछ ।
रोजगारी प्रर्वद्धन
- सूचीकृत बेरोजगार युवाहरुलाई सिपमूलक तालिम दिई सहकारी संस्थासँग सहकार्य गरी सहुलियत ऋण तथा अनुदानको व्यवस्था गरिनेछ ।
- रोजगार सेवा केन्द्र, आप्रवासन स्रोत केन्द्र र पर्यटन सूचना केन्द्रलाई थप साधनस्रोत र जनशक्तिको व्यवस्था मिलाई नतिजामूलक ढङ्गले सञ्चालन गरिनेछ ।
- वैदेशिक रोजगारबाट फर्केको रिटर्नी युवालाई स्वरोजगार बनाउन सहकारीमार्फत ५ लाखसम्मको सहुलियत ऋण तथा अनुदान सुविधा र उद्यमशीलता तालिमको व्यवस्था गरिनेछ ।
- सूचीकृत कृषि तथा चिया मजदुरहरुको लागि विशेष कार्यक्रम कार्यान्वयन गरी कृषि उत्पादन अभिबृद्धिका लागि प्रोत्साहित गरिनेछ ।
- प्रत्येक वडामा १ जना कृषि प्राविधिक र १ जना पशु सेवा प्राविधिक परिचालन गरी सामुदायिक वन उपभोक्ता समूहहरुलाई कृषक चौतारी कार्यक्रम आयोजनाको लागि सहयोग गरिनेछ ।
- सूचीकृत बेरोजगारहरुलाई व्यावसायिक सिप तालिमको लागि तालिम सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गरी छात्रवृत्तिको व्यवस्थासँगै उद्यमशीलता तालिम दिने कार्य गरिनेछ ।
- उत्कृष्ट करदाता, उद्यमी, व्यावसायिक कृषकलाई इलामको पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण, तालिम र सहुलियत ऋण तथा अनुदानको व्यवस्था गरिनेछ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमका सूचीकृत बेरोजगार श्रमिकहरुलाई जिल्ला दररेट अनुसारको ज्याला पारिश्रमिक दिई विकास निर्माणको कार्यमा अनिवार्य परिचालन र व्यावसायिक तालिमको व्यवस्था गरिनेछ ।
- सूचीकृत कृषकहरुलाई सहकारी संस्थासंग सहकार्य गरी सिपमूलक तालिम, उद्यमशीलता तालिम, अवलोकन भ्रमण, औजार उपकरण, सहुलियतको ऋण अनुदान र प्राविधिक सहयोग गरिनेछ ।
- सूचीकृत बेरोजगार श्रमिक विपद् वा आकस्मिक दूर्घटनाबाट घाइते भएमा मजदूर कल्याण कोषबाट रु २५ हजारसम्मको उपचार खर्च र स्वास्थ्य बीमाको सुविधा दिइनेछ ।
- नगरपालिकाको मजदूर कल्याण कोषको लाभग्राही सूचीकृत मजदूरलाई रु १ लाखसम्मको उपचार खर्च र रु ७ लाखसम्मको बीमा तथा स्वास्थ्य बीमाको सुविधा दिइनेछ ।
- इलाम नगरको निजी क्षेत्रमा रोजगारी सिर्जनाका लागि लगानीमैत्री अवधारणा लागू गरिनेछ र उद्योग स्थापना गर्न चाहने उद्यमीलाई सहयोग गरी प्रोत्साहित गरिनेछ ।
- इलाम नगरमा उद्यमशीलता विकासका लागि सहकारी संस्थाहरुलाई आवश्यक सहयोग गरी सहकारी तथा वित्तीय शिक्षा प्रर्वद्धनका लागि आवश्यक कार्यक्रम कार्यान्वयन गरिनेछ ।
फोहोरमैला व्यवस्थापन
- फोहोरमैला व्यवस्थापन तथा वातावरण कार्ययोजना तयार गरी सार्वजनिक निजी साझेदारीको अवधारणामा थप व्यवस्थापन गरिनेछ ।
- फोहोरमैला व्यवस्थापनको कार्यलाई प्राथमिकतामा राखी विशेष कार्यक्रम सञ्चालन गरिनेछ र विशेष अवसरमा प्रयोग गर्नका लागि घुम्ती शौचालयको व्यवस्था मिलाइनेछ ।
पूर्वाधार तथा सहरी विकास
- इलाम नगरपालिकालाई भविष्यमा उपमहानगरपालिकामा रुपान्तरणका लागि २० वर्षे रणनीतिक कार्य योजना तयार गरी सदरमुकामदेखि बाहिर वडा वडामा रहेका व्यापारिक केन्द्र तथा बस्ती विकास केन्द्रहरुमा सो योजनाबमोजिम वार्षिक सहरी विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
- नगरको केन्द्रलाई अन्य पालिकाको व्यापारिक केन्द्रसँग जोड्ने बाटो र वडा कार्यालयबाट नगरको मुख्य कार्यालयसम्म आउने बाटो बाह्रै महिना सञ्चालनमा आउने गरी कालोपत्रे आरसीसी ढलान÷पक्की नाली÷लेन्थवर्किङ्ग सेवाको व्यवस्था गरिनेछ ।
- नक्सापास अभियानलाई अझ प्रभावकारी गर्न नक्सापासको दायरा बाहिर रहेका घरहरुलाई सहज ढङ्गले नक्सापास गर्ने गराउने व्यवस्था मिलाइनेछ र नक्सापासका दायरा बाहिर रहेका जाग्गाधनीहरुका बारेमा तथ्यगत सूचना दिई सहयोग गर्ने सूचीकृत बेरोजगारहरुलाई सूचनाको सत्यापन प्रमाणित भएपश्चात प्रति सूचना रु २५००।०० का दरले प्रोत्साहित गरिनेछ ।
- नगर यातायात गुरुयोजना तयार गरी कार्यान्वयन गरिनेछ र राष्ट्रिय राजमार्गको सडक सीमा मापदण्डलाई नगरवासीको हित अनुकुल हुने गरी व्यवस्थापन तथा निर्देशित जग्गा विकास कार्यक्रम कार्यान्वयनका लागि संघीय सरकारमा पहल गरिनेछ ।
- फाल्गुनन्द सुकिलुम्वा विमानस्थलको पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि पहल गर्दै हवाइ सेवा सञ्चालन नियमित गराउन आवश्यक सहयोग गरिनेछ ।
- इलाम नगर क्षेत्रमा वातावरणमैत्री तथा वर्षादको पानी जमिनमा रिचार्ज हुने गरी ढलनालीको व्यवस्थापन गर्न आवश्यक योजना तयार गरिनेछ ।
- नक्सापास अभियानमा देखिएका जटिलताहरुलाई समाधान गर्दै नक्सापासको प्रक्रियालाई सहजीकरण गरी छिटोछरितो माध्यमबाट नक्सापास गरी नक्सापासका लागि तयार गरिने नक्सामा आवश्यकता तथा औचित्यका आधारमा बालमैत्री, अपाङ्गमैत्री, महिला मैत्री, यौनिक लैंगिकमैत्री तथा हरित अवधारणा समावेश गरिनेछ ।
- नगरपालिकाअन्तर्गतका भवनहरु, स्वास्थ्यकेन्द्र, सामुदायिक विद्यालयहरुमा वर्षादको पानी संकलन पद्धति जडान गर्नमा सहयोग गरिनेछ ।
- नगरका आवश्यक स्थानहरुमा चमेनागृहसहितको सार्वजनिक शौचालय निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।
विपद् व्यवस्थापन
- विपद व्यवस्थापन योजना, जलवायु अनुकुलन तथा वातावरण योजना, फोहोरमैला व्यवस्थापन कार्ययोजना, क्षमता विकास योजनालाई प्रभावकारी र नतिजामूलक ढङ्गले कार्यान्वयन गरिनेछ ।
- विपद व्यवस्थापनका लागि वडा वडामा सचेतना कार्यक्रम सञ्चालन गरी तालिम तथा प्रशिक्षण दिइनेछ र आपतकालीन सेवा सञ्चालन केन्द्रलाई औजार उपकरणसहित सुविधा सम्पन्न बनाइनेछ ।
शिक्षा तथा खेलकूद
- चिकित्सा, पर्यटन, कृषि, पशुपंक्षी, इन्जिनियरिङ्ग लगायतका विषयमा स्नातक तथा स्नातकोत्तर अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
- चिकित्सा शिक्षा अध्ययन गर्नका लागि बिशेष छात्रबृतिको ब्यवस्था मिलाइनेछ ।
- सामुदायिक विद्यालयहरुमा विद्यालय सुधार योजना कार्यान्वयन तथा नमुना÷स्मार्ट विद्यालयमा रुपान्तरण गर्नका लागि विविध कार्यक्रम सञ्चालन गरी अंग्रेजी र प्राविधिक विषयका लागि विशेष पठनपाठनको व्यवस्था मिलाइनेछ ।
- इलाम सामुदायिक कृषि क्याम्पसका स्नातक तहका विद्यार्थीलाई एक पटकको लागि ल्यापटप खरिदमा ३० प्रतिशत अनुदान सहयोग दिइनेछ ।
- सामुदायिक विद्यालयमा खेलकूद÷अतिरिक्त क्रियाकलाप÷संगीत तथा नृत्य÷आयुर्वेद तथा योग ध्यान प्रशिक्षणका लागि प्रत्येक विद्यालयमा न्यूनतम १५ दिन देखि १ महिनासम्मको अतिरिक्त कक्षा सञ्चालन गर्ने गरी वैतनिक प्रशिक्षक परिचालन गरिनेछ ।
- सामुदायिक विद्यालयमा फोहोरमैला व्यवस्थापन तथा वातावरणसँग सम्बन्धित क्रियाकलाप व्यवस्थित गर्नका लागि वातावरण सूचक तयार गरी उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिनेछ ।
- सामुदायिक विद्यालयका बालकक्षाका विद्यार्थीहरुलाई खाजाको व्यवस्था मिलाउन थप बजेटको व्यवस्था मिलाइनेछ ।
- सामुदायिक मा.वि. हरुमा स्कुल बसको व्यवस्था मिलाउन विद्यालयलाई अनुदान सहयोग दिइनेछ
- महेन्द्ररत्न बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरणका लागि सहयोग गरी सो क्याम्पसअन्तर्गत अनुसन्धान र शोध कार्यमा संलग्न प्राध्यापक तथा विद्यार्थीलाई ल्यापटप खरिदमा २० प्रतिशत अनुदान सहयोग गरिनेछ ।
- महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा बिएससी, बिबिए, बिएसडब्लु, कानुन जस्ता विषय अध्यापन गर्न गराउन पहल गरिनेछ ।
- इलाम मेडिकल कलेज स्थापनाको लागि जग्गा व्यवस्थापन लगायत अन्य कार्यहरुमा आवश्यक सहयोग गरिनेछ ।
- रत्नकुमार बान्तवा प्राविधिक शिक्षालय र अन्य निजीस्तरका प्राविधिक शिक्षालयलाई आवश्यक सहयोग गरिनेछ र नगरका मा.वि.हरुमा प्राविधिक विषय पठनपाठनका लागि कार्यक्रम ल्याइनेछ ।
- इलाम नगरको सामुदायिक विद्यालयका सूचना अधिकारीहरुलाई सूचना आदानप्रदानमा सहजताका लागि मोवाइल सुविधा उपलब्ध गराई नियमित सूचना प्रवाहको व्यवस्था गरिनेछ ।
- इलामलाई शैक्षिक पर्यटन र शैक्षिक केन्द्रका रुपमा विकसित गर्नका लागि शैक्षिक गुरुयोजना तयार गरी अपांगता भएका विद्यार्थीहरुको लागि विशेष कक्षा सञ्चालनमा सहयोग गरिनेछ ।
- व्यावसायिक सीप विकाससम्बन्धी तालिम तथा प्रशिक्षण लिने प्रशिक्षार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
- इलाम नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कम्प्युटर शिक्षा अनिवार्य गरिनेछ ।
- माई भगवती रंगशाला, ठूलो टुडिखेल तथा विद्यालयहरुको खेलमैदानको स्तरोन्नतिमा सहयोग गरिनेछ र ठूलो टुडिखेल नजिकै रहेको खेलकुदको जग्गामा खेलकुद भवन निर्माण गरिनेछ ।
लक्षित समूह
- सामाजिक सुरक्षा कार्यक्रममा सूचीकृत जेष्ठ नागरिकलाई १ पटकको लागि स्थानिय एफएमहरुसँग सहकार्य गरी रेडियो र मोवाइल खरिद गर्न रु २५००।०० सम्मको अनुदान दिइनेछ ।
- सामाजिक सुरक्षा कार्यक्रममा सूचीकृत जेष्ठ नागरिकलाई चस्मा कन्ट्याक्ट लेन्स हेयरिङ्ग मेसिन तथा दाँत लगाउन स्वास्थ्य बीमाले व्यहोर्ने रकममा थप रकम दिनु पर्ने भएमा प्रति व्यक्ति रु ५ हजारसम्मको अनुदान दिइनेछ ।
- लक्षित समूह, अपाङ्गता भएका व्यक्ति, एकल महिला, हिंसापीडित महिलाहरुको लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ र इलाम नगरलाई बालमैत्री नगर बनाइनेछ ।
- इलाम नगरलाई महिलामैत्री नगरपालिका बनाउनका लागि महिला सहभागितामा अभिबृद्धि गरिनेछ र तत्सम्बन्धी आवश्यक नीति र कानुन तर्जुमा गरी सहयोग गरिनेछ ।
अन्त्यमा
आसन्न स्थानीय तहको निर्वाचनका लागि समुन्नत नेपालको स्पष्ट दृष्टिकोण र ठोस मार्गचित्र सहित हामी स्नेह, आशिर्वाद र अमूल्य मतको विनम्र अपेक्षा लिएर तपाईंहरूको घरदैलोमा उभिएका छौ। सम्पूर्ण नेपाली जनताको अथक संघर्ष र बलिदानस्वरुप संविधानसभाबाटै संविधान लेखिनु पर्छ भन्ने संकल्प नेपाली कांग्रेसको नेतृत्वमा साकार भए पश्चात हामीलाई आवधिक निर्वाचनको यो दोस्रो अवसर प्राप्त हुँदैछ । लोकतन्त्रको आधाभूत स्तम्भ आवधिक निर्वाचनमा जति धेरै नागरिकले भाग लिन्छन्, लोकतन्त्र उति नै सुदृढ, गतिशील र जनमुखी हुन्छ । तसर्थ, स्थानीय तहको आगामी निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन हार्दिक अपिल गर्दछौं ।
नेपाली कांग्रेस प्रत्येक नेपालीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय गरिमा उच्च हुन्छ भन्ने कुरामा विश्वस्त छ । त्यसकै जगमा लोकतन्त्रका आधारभूत स्तम्भहरूको जगेर्ना गर्दै आत्मनिर्भर स्थानीय सरकारहरू मार्फत हाम्रै जीवनकालमा समुन्नत नेपाल बनाउने नेपाली कांग्रेसले संकल्प गर्दछ ।
नेपाली कांग्रेसले इतिहास र नेपाली जनताले सुम्पिएको हरेक युगान्तकारी र चुनौतीपूर्ण अभिभारा इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्दै आएको छ । इतिहासको विभिन्न कालखण्डमा नेपाली कांग्रेसले निर्वाह गरेको युगान्तकारी भूमिकाको सगौरव स्मरण गर्दै भविष्यको मार्गचित्र तय गरेका छौं । विगतमा जस्तै भविष्यमा पनि तपार्इंहरू र समयले सुम्पिएको जिम्मेवारी निष्ठापूर्वक वहन गरी लोकतन्त्र, संविधान, जनअधिकारको संरक्षण र समुन्नत नेपाल निर्माण गर्नेछौं भनी सम्पूर्ण नेपाली नागरिकसँग प्रतिज्ञा गर्दछौ ।
यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भई रुख चिन्हमा मतदान गर्न इलाम नगरपालिकाका सम्पूर्ण आमाबुवा, दिदी बहिनी दाजुभाइमा नेपाली कांग्रेस इलामनगरपालिका हार्दिक अनुरोध गर्दछौ ।
जय नेपाल