इलाम : गएको १५ गते राती देखी हराइ रहेकी एक महिलाको शब १७ गते दिउशो खाल्डोमा गाडिएको अवस्थामा फेला पर्यो । इलाम नगरपालिका ८ सिङफ्रिङमा बिनिता काफ्लेको शब गाडेको अवस्थामा फेला परेको हो । बिगत ३ दिन देखि बेपत्ता स्थानीय अंदाजी ३१ बर्षीय बिनिता काफ्लेको शरिर र टाउको काटेर गाडेको अवस्थामा फेला परेसँगै गाउँका एक पुरुष समेत बेपत्ता भएका छन् । तीनै महिलासँग नजिक रहेको आशंका स्थानियले गरेका छन् । महिला हराएकै रातको भोली पल्ट बिहान महिलाको शब फेला परेको स्थानमा ती हराएका पुरुषले घँसेडा डढाएको स्थानियको भनाई छ ।
महिला हराएपछि आफन्त तथा स्थानियले खोजी गर्दै आएका थिए । महिला हराएपछि सँगै सुतेकी छोरीले ममी हराउनुभयो भन्दै नजिकै छिकेकीकोमा गएको बताइएको छ । सानी चार बर्षकी छोरीसँगै सुतेकी आमा बिनिता सुतेको स्थानमा रगत समेत फेला परेको बताइएको छ ।
गाउँलेले बिचमा महिला हराएको भन्दै प्रहरीलाई समेत खबर गरेका थिए । साथै उहाँहरुले खोजी कार्य पनि राख्नु भएको थियो ।
शंका गरिएका ब्यक्तिले कमाउँदै आएको जमिनमा आलो खाल्डो समेत फेला परेपछि स्थानीयले शनिबार अर्थात हिजो प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले खाल्डो खन्दै जाँदा शव टुक्रा टुक्रा अवस्थामा फेला पारिएको बताउनुभयो । उहाँले पुरीएको शब निकालेर पोष्माटमका लागि शब सुनसरी स्थीत बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको बताउनु भएको छ । काफ्लेको शब हत्या गरेर डागेको प्रहरीको शंका छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
मृतक बिनितासँग फरार रहेका ब्यक्ति बिच आर्थिक कारोबार समेत भएको खुल्न आएको छ । महिले हराएको दिन बिहान समेत फरार रहेका पुरुषले उनैको घरबाट गाई लगेको स्थानिय छिमेकीहरुको भनाई छ । महिला र सानी चार वर्षकी छोरी घरमा बस्दै आएका थिए । महिला हराएकै भोलीपल्ट सो घर छोडेर जाने भन्ने हल्ला समेत त्यस अघि नै गाउँमा चलेको एक छिमेकीले बताउनुभयो ।
मृतक बिनिताका श्रीमानको दुई बर्ष अघि मात्र बिदेशमा मृत्यु भएको थियो । घटना कसरी भयो भन्ने बिषयमा इलाम प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । फरार रहेका ब्यक्तिको समेत खोजी भइरहेको बताइएको छ । आफन्तहरुले जिल्ला प्रहरी कार्यालय इलाममा किटानी जाहेरी समेत दिएका छन् ।
घटना ढाकछोप गर्न फरार पुरुष बिचमा लागेको समेत बताइएको छ । हाल प्रहरीले फरार रहेका पुरुषकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।