इलाम : जिल्ला प्रहरी कार्यालय इलामले हत्या अभियोगमा दुई जनााई नियन्त्रणमा लिएको छ । देउमाई नगरपालिका ७ का सन्तोस वाला राईको हत्या अभियोगमा सोहि ठाउँका भुपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गएको १६ गते शुक्रबार देउमाई ७ चुली गाउँ स्थीत पुर्ण बहादुर दहालको भिरालो जमिनमा सन्तोष वाला राईको शब फेला परेको थियो ।
शब फेला परेपछि आशंकामा प्रहरीले उहाँहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार अनुसन्धानबाट अघिल्लो दिन अर्थात १५ गते राती दुई बजे नै सन्तोष वालालाई ढुंगाले प्रहार गरेर हत्या गरेको खुलेको छ ।
दुई ब्यक्ति सहित हत्यामा प्रयोग भएको ढुंगा समेत जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ । मृतकका आफन्तबाट कर्तब्य ज्यान सम्वन्धी किटानी समेत दिएपछि प्रहरीलाई पनि अनुसन्धानमा सहज भएको बताइएको छ । पक्राउ परेका ब्यक्तिहरुलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाइ सकिएको समेत बताइको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । के कारणले हत्या गरियो भन्ने बिषयमा समेत अनुसन्धानका लागि आफुहरु लागि रहेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।