लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

  नयाँ बुलन्द
35 Shares

१. हालसम्म नेपालसँग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरूको सङ्ख्या कति पुगेको छ ?
 १७६
– दौत्य सम्बन्ध कायम भएका पछिल्ला राष्ट्रहरू
– १७६ औँ :बेलिज (सन् २०२२ अप्रिल १)
– १७५ औँ : दक्षिण सुडान (सन् २०२२ मार्च २८)
– १७४ औँ : रिपब्लिक अफ पलाउ (सन् २०२२
मार्च २१)
– १७३औँ : टिमोर–लेस्टे (सन् २०२२ फेबु्रअरी ११)
– १७२ औँ : बार्बाडोस (सन् २०२१ डिसेम्बर ८)
– १७१ औँ : सिएरालियोन (सन् २०२१ जुन २९)

२. चोभार सुक्खा बन्दरगाहको उद्घाटन कहिले गरियो ?
 वि.सं. २०७८ चैत २२
– बहुप्रतिक्षित चोभार सुक्खा बन्दरगाह प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा वि.सं. २०७८ चैत २२ मा उद्घाटन गरिएको ।
– २२० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिने । त्यस्तै, परियोजनाअन्तर्गत पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको । चार वटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड बनाइएको
– काठमाडौँका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुक्खा बन्दरगाह बनाइएको ।
– हाल बन्दरगाहमा आवश्यक भन्सार कार्यालय, क्वारेन्टाइन, बैङ्कलगायत सबै निकाय आइसकेका ।

३. प्रसिद्ध सात गाउँले जात्रा कहाँ प्रचलित छ ?
 कीर्तिपुर

४. कास्कीका ९ वटा ताल रामसार सूचीमा कहिले सूचीकृत भएका हुन् ?
 वि.सं. २०७२ माघ १९ (सन् २०१६ फेब्रुअरी २ )

५. नेपालका कुन शहीदलाई ‘शहीद माइला’ उपनामले चिनिन्छ ?
 दशरथ चन्द

६. सन् २०२२ मार्च ३ देखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा सम्पन्न बाह्रौँ अन्तर्राष्ट्रिय महिला विश्वकपको उपाधि कुन देशले जित्यो ?
 अस्ट्रेलिया (दोस्रो ः इङ्ल्यान्ड)
– योसँगै अस्ट्रेलियाले महिला क्रिकेट विश्वकपको उपाधि सातौँ पटक जित्न सफल भएको ।
– वि.सं. २०७८ चैत्र २१ मा आइतबार न्युजिल्यान्डमा भएको फाइनलमा साबिक विजेता इङ्ग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको ।
– फाइनलमा अस्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४३.४ ओभरमा २८५ रनमा अलआउट भएको ।

७. नेपालमा मूल्य अभिवृद्धि कर कहिलेदेखि लागू भएको हो ?
 वि.सं. २०५४ मङ्सिर १

८. कुन देवतालाई पारसनाथ भनिन्छ ?
 पशुपतिनाथ

९. पञ्चमहाभूत भन्नाले के–केलाई बुझाउँछ ?
 पृथ्वी, जल, तेज, वायु र आकाश

१०. नेपाल भारत शान्ति तथा मैत्री सन्धि कहिले भएको हो ?
 सन् १९५० जुलाई ३१
– यस सन्धिमा नेपालका तर्फबाट मोहनशमशेर र भारतका तर्फबाट चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरिएको ।)

११. ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ ?
 बर्लिन (जर्मनी)

१२. RT को पूरा रूप के हो ?
 Mitochondrial Replacement

१३. प्रतिष्ठित ओस्कर एकेडेमी अवार्डको ९४ औँ संस्करणमा सर्वोत्कृष्ट ठहरिने फिल्म कुन हो ?
 द कोडा
– सन् २०२२ मार्च २८ मा अमेरिकामा सम्पन्न सो सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी । ‘द पावर अफ दि डग’ का लागि उनले यो उपाधि पाएकी । उनले ओस्कार अवार्डमा दुईपटक मनोनयनमा पर्ने महिला निर्देशकको रेकर्ड तोडेकी ।
– त्यस्तै उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छन् । उनले ‘द आइज अफ टेमिफेई’का लागि जितेकी ।
– ९४औँ संस्करणको ओस्कार अवार्ड विजेताहरू
– अन्तर्राष्ट्रिय फिचर फिल्म: ड्राइभ माई कार
– उत्कृष्ट फिल्म: कोडा
– उत्कृष्ट निर्देशक: जेन क्याम्पियन (द पावर अफ द डग)
– उत्कृष्ट अभिनेता: विल स्मिथ (किङ रिचार्ड)
– उत्कृष्ट अभिनेत्री: जेसिका चास्टेन द आइज अफ टेमी फेई
– उत्कृष्ट सहअभिनेता: ट्रोय कटसर (कोडा)
– उत्कृष्ट सहअभिनेत्री: अरियाना डेबेस (वेस्ट साइड स्टोरी)
– एनिमेटेड फिचर फिल्म: इन्कान्टो
– सिनेम्याटोग्राफी: डुन (ग्रिग फ्रेसर)
– कस्ट्युम डिजाइन:इन्कान्टो
– डकुमेन्ट्री फिचर: समर अफ सोल
– डकुमेन्ट्री सर्ट सब्जेक्ट: द क्वीन अफ बास्केटबल
– मेकअप एण्ड हेयर स्टाइलिङ: द आइज अफ
टेमी फेई
– प्रोडक्सन डिजाइन: डुन
– सर्ट फिल्म (एनिमेटेड): द विन्डशिल्ड वाईपर
– सर्ट फिल्म (लाइभ एक्सन): लङ गुडबाई
– ओरिजिनल सङ: नो टाइम टु डाइ
– साउन्ड:डुन
– भिजुअल इफेक्ट्स: डुन
– फिल्म सम्पादन : डुन (जो वाकर)
– ओरिजिनल स्क्रिनप्रले: बेल फास्ट (केनिथ ब्रनाघ)
– एडप्टेड स्क्रिनप्ले: कोडा (सियान हेडर)
– ओरिजिनल स्कोर: डुन (ह्यान्स जिमर)
१४. मरुभूमि नभएको एक मात्र अरब राष्ट्र कुन हो ?
 लेवनान

१५. कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आसु नझार्ने जीव कुन हो ?
 चिम्पाञ्जी

१६. हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?
 साइक्लोन
– (थार तथा गोवी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)

१७. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?
 स्नातक तह

१८. हरित जलवायु कोषको मुख्यालय कहाँ रहेको छ ?
 दक्षिण कोरिया

१९. भारतमा वस्तु तथा सेवा कर कहिलेदेखि लागू गरिएको हो ?
 सन् २०१७ जुलाई १

२०. सन् २०२२ को ग्रामी अवार्ड प्राप्त गर्ने वर्षको उत्कृष्ट एल्बम कुन हो ?
 वी आर
– जोन बाटिस्टीको एल्बम ‘वी आर’ले ग्रामी अवार्डमा ‘वर्षको उत्कृष्ट एल्बम’ जितेको ।
– अमेरिकाको लस भेगासको आयोजनामा सोमबार ६४औँ ग्रामी अवार्ड सम्पन्न भएको । फिल्मको सङ्गीतको उत्कृष्ट मानिने ग्रामी अवार्डमा वर्षका उत्कृष्ट गीत–सङ्गीतलाई अवार्ड दिइएको ।
ग्रामी अवार्ड विजेताहरू
– उत्कृष्ट एल्बमः वी आर (जोन बाटिस्टी)
– गीतः लिभ द डोर ओपन (सिल्क सोनिक)
– रक गीतः फू फाइटर्स
– नव कलाकारः ओलिभिया रोड्रिगो
– न्यू एज एल्बमः रिकी केज
– एकल प्रस्तुतिः ड्राइभर्स लाइसेन्स (ओलिभिया रोड्रिगो)
– पप सामूहिक प्रस्तुतिः किस मी मोर
– परम्परागत पप भोकल एल्बमः लभ फर सेल (टोनी बेनेट र लेडी गागा)
– पप भोकल एल्बमः सावर (ओलिभिया रोड्रिगो)
– इलेक्ट्रोनिक रेकर्डिङः अलाइभ
– -याप गीतः जेल
– -याप प्रस्तुुतिः फ्यामेली टाइज
– निर्माताः ज्याक एन्टोनाफ
– कमेडी एल्बमः सिन्सियरली
– म्युजिक भिडिओः फ्रिडम
– नृत्यः अलाइव
– अमेरिकन एल्बमः नेटिव सन्स
– ग्लोबल म्युजिक एल्बमः मदर नेचर
– बाल एल्बम अवार्डः फाल्गुनी शाह

२१. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार आवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?
 सन् १९२९

२२. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात् देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई
के भनिन्छ ?
 उत्परिवर्तन
– एउटै जातिका सजीवहरूको बीचमा देखापर्ने असमानतालाई परिवृत्ति (मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता) भनिन्छ ।
– एकै खाले वंशाणु भएर पनि फरक–फरक किसिमको वातावरणमा हुर्कदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ ।

२३. राणाशासन विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने चार शहीदमध्ये सबैभन्दा पहिला मारिने शहीद को थिए ?
 शुक्रराज शास्त्री

२४. कुशे औँसी पर्व कहिले पर्दछ ?
 भाद्र कृष्ण औँसी (बुवाको मुख हेर्ने दिन अर्थात् पिता पर्वका रूपमा मनाइने ।)

२५. सम्पूर्ण जीवजन्तुहरूले श्वासप्रश्वासका लागि अक्सिजन लिने र कार्बनडाइअक्साइड छाड्ने तथा उक्त कार्बनडाइअक्साइडलाई बोटविरुवाले खाना बनाउनका लागि लिई अक्सिजन हावामा उत्सर्जन गर्ने प्रक्रियालाई के भनिन्छ ?
 अक्सिजन चक्र

२६. अन्तर्राष्ट्रिय न्यायालयमा कति जना न्यायाधीशहरू रहने व्यवस्था छ ?
 १५

२७. ASYCUDA के सँग सम्बन्धित छ ?
 भन्सार

२८. नेपालमा हाल कति स्थानीय तह रहेका छन् ?
 ७५३

२९. काठमाडौँमा सम्पन्न नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसियाबीचको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज कसले जित्यो ?
 नेपाल
– वि.सं. २०७८ चैत २२ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीलाई ५० रनले हराउँदै नेपाल च्याम्पियन बनेको ।
– नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.२ ओभरमा ११८ रनमा समेटिएको ।
– उक्त सिरिजमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी उत्कृष्ट खेलाडी घोषित भएका । उनले प्रतियोगिताभर २५५ रन जोड्दै ७ विकेट लिन सफल भएका ।
– सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो
उपाधि जितेको ।

३०. निजामती कर्मचारीहरूले एकै प्रकारको पोसाक लगाउनु पर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?
 वि.सं. २०६८ साउन १
प्रस्तुतकर्ता : टङ्क के.सी.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार