इलाम : नेपाली काँग्रसबाट इलाम नगरको उपमेयरका उम्मेद्धार बिष्णु दाहाल लिम्बूले आफूले उपमेयर जित्दै गर्दा इलाम नगरलाई समृद्ध बनाउँदै नगरको शुसासन र महिलाको हक अधिकारलाई स्थापित गर्नु आफनो पहिलो काम रहेको बताइन् । इलाम नगरपालिका ७ निवासी दाहाल
उमेरले बुढो भएपनि जोश जाँगर भने अझै मरेको छैन उनले भनि्न ।
महिलाअधिकारकर्मीका रुपमा दाहाललाई इलामकै अग्रणि महिला अधिकारकर्मीको रुपमा परिचित रहेकी छन् । नेपाली काँग्रेसको राजनीतिमा निकै पुरानो महिला नेतृ दाहाल हाल काँग्रेसको महासमिति सदस्य हुन् । प्रखर बक्ता र निडर स्वभाव भएकी दाहाल सामाजिक ब्यक्तित्वको रुपमा पनि अग्रणि छन् ।
उनकै नेतृत्वमा जिल्लामा महिला जागरण संघ संस्था स्थापना गरीयो । त्यहि संस्थाको स्वामित्वमा रहने गरी दाहालकै नेतृत्वमा इलाम नगरपालिका १० गोदक स्थित राजदुवालीमा बृद्धाश्रम स्थापना भयाे । सो आश्रममा अहिले १५ जना बृद्धबृद्धा आश्रित रहेका छन् ।