इलाम नगरमा लगाइँदै आएका अनावश्यक करहरु हटाउने छु : केदार थापा

इलाम : आउँदो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रसबाट इलाम नगरपालिकाका मेयरका उम्मेद्धार केदार थापाले आफू मेयरमा निर्वाचित भए नगरमा बिकास निर्माणको अभियानलाई तीब्र गतिका साथ अघि बढाउने बताएका छन् । उनले भ्रष्टचार नियन्त्रण, नगरका पिछडीएका वडालाई सदरमुकामसम्म सहज रुपमा सडकको निर्माण, स्वच्छ खानेपानीको ब्यबस्था, लक्षित बर्गलाई वडा र पालिकाले दिँदै आएको सेवा सुबिधालाई सहज बनाउने, नगरमा अहिले लगाइँदै आएका अनावश्यक करहरु हटाउने जस्ता प्रमुख कार्य रहने उल्लेख गरे ।

थापाले इलाम क्याम्पसमा शैक्षिक सुधारका कार्यक्रम ल्याउने, नगरमा स्वच्छ खानेपानीको आपूर्ती, इलाम अस्पतालमा बिशेषज्ञ डाक्टरको ब्यबस्था गर्ने जस्ता कामहरु पनि आफनो पहिलो प्राथमिकतामा पर्ने प्रतिबद्धता जनाएका छन् ।

थापाको राजनैतिक पृष्ठभूमि हेर्दा उनको समर्पण र त्याग लामो रहेको र भविष्यमा नगरपालिकालाई अगाडि बढाउनसमेत प्रस्ट दृष्टिकोण भएको अनुभबी र जनतासँग भिजेको व्यक्ति मानिन्छ । थापाको नेपाली कांग्रेसमा र खासगरी इलाम नगरमा राम्रो योगदान छ । उनी प्रखर बुद्धिजीबी पनि हुन् ।

को हुन केदार थापा ?

केदार थापा २०२१ सालमा बुवा तीलकबहादुर थापा र आमा कृष्णकुमारी थापाको पुत्र रत्नका रुपमा जन्मिएका हुन् । इलाम जिल्लाको इलाम नगरपालिकामा जन्मिएका उनको बाल्यकाल सामान्य थियो । बाल्यकालदेखिनै नेपाली कांग्रेसमा आस्था राखेका थापाले राजनितीमा नेता केबी गुरुङ्ग,बेनुपराज प्रशाँई,तोयानाथ भट्टराई,धर्म गौतमबाट २०३६ मा प्रभावित भई बिद्यार्थीकाल बाट नै राजनीति यात्रा तय गरेका हुन् ।

नेपाली कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा नेता थापाको सक्रिय सहभागिता देखिन्छ । उनी पञ्चायतकालमा पनि आन्दोलनमा सक्रिय सहभागी भएर पार्टीलाई चलायमान बनाउन क्रियाशील रहँदै आएका थिए । इलाममा पहिलोपटक चिया रोपण गर्ने कर्नेल गजराज सिंह थापाका सन्तान केदार जटिल प्रकृतिका जनसरोकारका विषयमा काम गर्न रुचाउँछन् ।

थापाको राजनीतिक यात्रा……..

वि सं २०३६ सालबाट कलिलो उमेरमा नै प्रजातन्त्र प्रति आकर्षित भई बहुदलिय ब्यवस्थाको पक्षमा भाग लिईएका उनिले २०४२ सालको नेपाली कांग्रेसले गरेको राष्ट्रिब्यापी सत्याग्रह कार्यक्रमक्रममा सकृयातापुर्बक भाग लिएका थिए । वि सं २०४३ सालमा मरब क्याम्पस इलामको स्व वि यू सभापतिको उमेद्वार बनेका थिए । २०४६ सालको आन्दोलन सफल बनाउन नेविसंघ जिल्ला सभापतिको रुपमा आफ्नो ठाउँबाट अग्रसर भएर लागेका थिए भने २०४९ सालको स्थानिय निर्वाचनमा इलाम नगरपालिका वडा नं ९ बाट निर्वाचित अध्यक्ष बनेका थिए ।

२०५१÷५२ सालमा मानविकी समाजसास्त्रमा एम ए सम्मको अध्ययन गरेका थापा नेपाली कांग्रेसको १० औँ र ११ औँ महाधिवेशनमा २ कार्यकाल पार्टी सचिव बने । ५६ सालमा नेपाल तरुण दल इलामको संस्थापक सभापति बनेका उनी तदर्थ समिति र अधिवेशन बाट पुनःनिर्वाचित भई दुई कार्यकाल नेपाल तरुण दल इलामको सभापति भएका थिए ।

पार्टीको १२ औ अधिवेशनमा निर्वाचित महाधिवेशन महासमिति, १३ औँ मा निर्वाचित जिल्ला सदस्य,महाधिवेशन महासमिति सदस्य र १४ औँ मा जिल्ला सदस्य,महाधिवेशन महासमिति सदस्य बने । २०४०÷४१ सालमा निजामति सेवामा खरिदार पदमा लोकसेवा पास गरेका केदारलाई राजनितीक अभियोगबाट चारित्रिक रुपमा तत्कालिन सरकारले खराब देखाई नोकरीमा अयोग्य ठहर्याएको थियो ।

२०६२÷२०६३ सालको जनआन्दोलनमा समेत थापाको नेतृत्बदायी भूमिका रहेको थियो । यसरी देशलाई चाहिएको बेला जुनसुकै परिस्थितिमा पनि पार्टीलाई चलायमान बनाउन सक्ने थापा हरेक आन्दोलमा आफैं अग्रभागमा आउँछन् । २०४६ सालमा नेपाल विद्यार्थी संघको सभापति रहेकै बेला उनी आन्दोलनमा सक्रिय भएर थापाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०५६ सालमा तरुण दलको संस्थापक अध्यक्ष बनेका थिए । ११ औ महाधिबेशनमा जिल्ला सचिव बनेका थिए भने १२ आंै महाधिवेशनबाट पनि उनी सचिवमा नै निर्वाचित बनेका थिए । हाल उनि महाधिबेसन प्रतिनिधिका रुपमा रहेका छन् ।

थापाको सामाजिक क्षेत्रमा पनि उतिकै योगदान !

२०४५ सालको महाभुकम्पमा तत्कालिन पाटी महामन्त्री गिरिजाप्रसाद कोइराला , भुबिक्रम नेम्बङ ,चक्र बास्तोला सँगै भुकम्प पीडितलाई राहत बितरणमा खटिएका थापा जिल्ला अस्पताल इलामको अस्पताल विकास समितिका अध्यक्ष रहेर काम समेत गरेका छन ।

थापाले अस्पताललाई स्तरोन्नति गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेकै कारण सामाजिक क्षेत्रमा समेत चर्चा बटुलेका उनले विपन्न र निमुखाको आर्शीवाद पाएका छन् । इलाम जिल्ला अस्पतालको अस्पताल विकास समितिमा रहेर छोटो समयमा नै थुप्रै काम गर्न सफल भएका थिए । तत्कालिन समयमा इलाममा स्वास्थ्य विमाको कार्यक्रम ल्याउन स्वास्थ्य मन्त्रि गगन कुमार थापा संग समन्वय गरि जिल्ला कार्यक्रम लागु गरेका थिए । इलामको सुक्खा क्षेत्र इलाम बजारमा पानी ल्याउन अहम भूमिका निर्वाह गरिरहेका उनी इलाममेलीबीचमा रुचाइएका छन् ।

स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेका थापा हरेक समस्याको सामधान गर्नु आफ्नो पहिलो प्रथामिकता ठान्छन् । जसका कारण इलामेली नागरिककले अफट्यारोमा एक दर्बिलो खम्बाको रुपमा थापालाई लिने गरेका छन् ।  नेपाली कांग्रेसको राजनीतिमा ४० बर्षको अनुभव लिएका थापा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । हाल उनी इलाम नगरमा निर्माणधीन साना सहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा रहेर काम गरिरहेका छन् ।

सडक,र्सिचाई,पुल,विद्युत जस्ता विकास पुर्वाधारमा उन्को भुमिका महत्वपुर्ण मानिन्छ । इलाम नगरपालिकामा विकास प्रवर्धनमा थुप्रै सम्भावना देखेका थापा ५ बर्षमा कायापलट गर्न सकिने धाराणा राख्छन् । ग्रामिण परिवेश संग नजिक रहेका उनी संचार क्षेत्रलाई समेत माया गर्नेगर्छन् । थापाले इलामको लोकप्रिय रेडियो नेपालबाणीको अध्यक्षमा लामो समय रहेर काम गरिसकेका छन् । थापा शालिन , मिलनसार व्यक्तिका रुपमा परिचित छन् नै नेपाली कांग्रेस भित्रमा पनि साझा एवं प्रभावशाली नेतृत्व गर्न सक्ने छवि बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार