नयाँ बुलन्दकर्मी बालकृष्ण बस्नेत सम्मानित

इलाम : इलामका क्रियाशील पत्रकार एबम नयाँबुलन्दकर्मी  बालकृष्ण बस्नेत सम्मानित भएका छन् । बुलन्द मन्टिटेक्निकल मिडिया प्रालि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको छैटौं वार्षिक उत्सवको अवसरमा प्रालिले बस्नेतलाई सम्मान गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेब ढुंगानाले सम्मानपत्र प्रदान गरे । पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै बस्नेतलाई सम्मान गरिएको नयाँ बुलन्दका सम्पादक रामकुमार लिम्बुले जानकारी दिए ।

बस्नेत विगत ६ वर्षदेखि इलामको ग्रामीण भेगमा रहेर पत्रकारिता गरिरहेका छन् । उनि नयाँ बुलन्द डटकमा माङ्सेबुङ गाउँपालिकामा रहेर सम्बादाताका रुपमा काम गरिरहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासघ प्रदेश १ का उपाध्यक्ष लवदेब ढुंगाना , अतिथि नेपाल पत्रकार महासघ इलाम शाखाका अध्यक्ष बिप्लव भट्टराई , जिल्लामा रहेका पत्रकारजन्य बिभिन्न संघसगठनका प्रतिनिधिहरु एबम जिल्लामारहेका क्रियाशील पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

२०७४ वैसाख १२ गते नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा नेपालको १५ औं नम्बरमा दर्ता भएको नयाँ बुलन्द डटकम इलाममा संचालित पहिलो अनलाइनको रुपमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार