‘आँधी तुफान २’ को प्रदर्शन मिति घोषणा

काठमाडौं : मदन घिमिरेले निर्देशन गरेको फिल्म ‘आँधी तुफान २’ को पोस्टरसहित प्रदर्शन मिति तय गरिएको छ। यो फिल्म आगामी श्रावण २० गतेबाट प्रदर्शन हुने भएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारलाई स्थान दिइएको छ। लेडिज एक्सन फिल्मले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए।

सस्पेन्स थ्रिलर फिल्ममा रवी गिरी, पुस्कर राउत, संचित भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद रहेको छ।

फिल्ममा रामशरण उप्रतीको छायांकन, कमल राई र अभिषेक वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ।

आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने फिल्ममा मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन्।यो फिल्म २०६३ सालमा निर्माण भएको फिल्म ‘आँधी तुफान’को दोस्रो भाग हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार