इलाम : इलाममा यतिखेर चुनावी माहौल निकै तातेको छ । चार नगरपालिका र ६ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको इलाम देशको राजनीतिमा अग्र मोर्चामा रहेका तीन हेविबेट नेता (नेकपा एमालेका सुबासचन्द्र नेम्वाङ, नेकपा एकिकृत समाजबादीका झलनाथ खनाल र नेपाली काँग्रेसका केबी गुरुङ्ग) को जिल्ला हो । जिल्लामा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका प्रमुख राजनैतिक दलहरु मत आफनो पक्षमा लिन अन्तिम कसरतमा जुटेका छन् । जिल्लामा सत्ता साझेदार गठबन्धनका दलहरु बिच भागबण्डा भएको छ भने नेकपा एमाले एकलै चुनाबी मैदानमा उत्रिएर सबै पालिकामा जित्ने दाबी गरिरहेको छ ।
चिया पसलदेखि गाउँ टोल सम्म चुनावी चर्चा चलिरहदा दलका नेता उम्मेद्धारीको मनोनयन दर्ता गराई गाँउकेन्द्रित चुनाबी माहोलमा होमीदै मतादाता फकाउन ब्यस्त छन् । बहुदल स्थापनापछिका केही वर्ष कांग्रेसको गढ भनेर चिनिएको इलामले पछिल्ला दुई दशक कम्युनिस्ट गढको पहिचान बनाएको छ । २०६४ मा होस् वा २०७४का निर्वाचन इलाममा कम्युनिष्ट पार्टीकै बर्चस्व छ ।
०७४ अघि ३ निर्वाचन क्षेत्र हुँदा दुई क्षेत्रमा कब्जा जमाएका झलनाथ खनाल र सुवास नेम्वाङ फरक पार्टीमा हुँदा अहिले एकका लागि अर्को चुनौती बनेर खडा भएका छन् । त्यसैले नेपाली कांग्रेस आगामी स्थानीय चुनावलाई ०४९ सालको हैसियत फर्काउने अवसरका रुपमा उपयोग गर्ने रणनीतिमा लागेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लामा एउटा पालिकामा काँग्रेसले एक पालिकामा अध्यक्ष उपाध्यक्ष सहित दुई पालिकामा अध्यक्ष मात्र जितेको थियो । बाँकी पालिका मध्ये एक पालिकामा उपाध्यक्ष गुमाएको थियो भने अन्य पालिकामा प्रमुख उपप्रमुख पद एमालेले जितेको थियो । यसरी २०७४ सालको निर्वाचनलाई हेर्दा जिल्लामा नेकपा एमाले बलियो देखिएको छ । तर एमाले बिभाजन भएपछि एमालेलाई यसको असर परेको छ । यदि यस पटकको निर्वाचनमा इलामका सबै पालिकामा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा नेकपा एमालेलाई निर्वाचन जित्न निकै गाह«ो हुने देखिएको छ । तर एमालेले ५० प्रतिशत पालिका एमालेले जित्ने दाबि गर्दै आएको छ ।
अघिल्लो स्थानीय चुनावमा नेकपा(एमाले) एकढिक्का भएर चुनाव लडेको थियो । इलाम नगरपालिका पनि प्रमुख उप्रमुख दुवै जितेको थियो भने देउमाई नगरपालिकामा पनि २०७४ को स्थानीय चुनावमा एमालेको उपस्थिती बलियो देखिन्थो । जहाँ नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको थियो । यस्तै चुलाचुली गाउँपालिकामा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै जितेको थियो । यता फाफोकथुमा गाउँपालिकामा भने अध्यक्ष नेपाली कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेले जितेको थियो ।
तर उता माइ नगरपालिकाको स्थानीय चुनावमा पनि एमाले हावी भएको थियो । माइ नगरको प्रमुख उप्रमुख दुबै एमालेले जितेको थियो । त्यस्तै माइजोगमाई गाउँपालिकामा पनि नेकपा (एमाले)नै जित हासिल गरेको थियो । यस्तै जिल्लाको ठूलो नगरपालिका सूर्योदयमा एमालेको चुनाव चिन्ह सूर्य २०७४ को स्थानीय चुनावमा राम्ररी उदायो । यहाँ अधिंकास वडामा सबै एमालेले जित्न सफल भयो । तर, अहिले यहाँ एमाले विभाजन भएपश्चात् नगर प्रमुख सहित अधिंकास एमालेबाट निर्वाचित वडा अध्यक्षहरु नेकपा(एस) तर्फ लागेका छन् । जहाँ माइजोगमाई गाउँपालिकामा अध्यक्ष पनि उतै गएका छन् ।
गएको स्थानीय तह निर्वाचनमा सन्दकपुर गाउँपालिका एमालेले जित हासिल गरेको थियो । यता कांग्रेसले रोङ गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको काग्रशले माङ्सेवुङ गाउँपालिका अध्यक्षमा पनि कांग्रेसले जितेको थियो । फाफोकथुमा गाउँपालिकामा भने अध्यक्ष नेपाली कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेले जितेको थियो । स्थानीय तहको चुनावको मिति नजिकिदै जा“दा जिल्लाका राजनीतिक दलहरु संगठन विस्तारमा जुटेका छन् । अघिल्लो निर्वाचन ताका जस्तै गरि यो पटक पनि दल फेरवदल गर्ने क्रम जारी छ । देशभरीमा नै सवै भन्दा धेरै अन्य पार्टीवाट आफ्नोमा प्रवेश गराएको नेपाली का“ग्रेसको दावी छ । सभापति डम्वर खड्काका अनुसार पछिल्लो समय अन्य दलमा आएको वितिष्णा र का“ग्रेसको नीति शिद्धान्तका कारण प्रवेश गर्नेको लहर चलेको बताए ।
नेकपा एमालेमा आएको विभाजनपछि कार्यकर्ता आफ्नो पक्षमा पार्न मेहनत बढेको देखिन्छ । एमाले कार्यकर्ता रोक्ने क्रममा छ भने नेकपा एकिकृत समाजवादी जसरी पनि आफ्नो दलमा धेरै कार्यकर्ता भित्र्याउने प्रयाशमा देखिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको जिल्ला भएकाले पनि एकिकृत समाजवादी संगठनको पहिचान स्थापना गर्ने ध्याउन्नमा छ । यसअघिको तीन तहकै निर्वाचनमा पहिलो पार्टी रहेको नेकपा एमाले विभाजनपछि संगठनमा क्षति कम पार्दै पुरानै विरासत कायम गर्ने दौडमा छ । इलाम २ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवास नेम्वाङसहित ४ प्रदेशसभा सदस्य मध्ये २ जना एमालेमा छन् ।
जिल्लाका दश स्थानीय तहमा एमालेले ७ वटा प्रमुख जितेका मध्ये एउटा नगरपालिका र एउटा गाउ“पालिकाका प्रमुख एकिकृत समाजवादीमा गएका छन् । इलाम १ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खनालसहित १ जना प्रदेश सदस्य एकिकृत समाजवादीमा छन् । त्यसैले पनि कांग्रेशलाई यस पटक आफ्ने पक्षमा मत ल्याउन सजिलो हुने काग्रेश उपसभापति खगेन्द्र देबानको भनाई छ ।
यता एक प्रदेशसभा सदस्य माओवादी केन्द्रका हुन् । माओवादी केन्द्र पनि यस पटक नतिजा आफ्ने पोल्टामा ल्याउने दाउमा देखिन्छ । २०७४ सालको निर्वाचनमा प्रमुख दल नेकपा(माओवादी केन्द्र)ले खासै उपल्बधीजनक नतिजा लिन सकेको थिएन तर यस पटक फरक नतिजा निकाल्न बिभिन्न रणनितिका साथ निर्बाचनमा होमिएको पाटिक कार्यलय सचिब प्रकाश परियारले बताए । २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेको इलाम जिल्लामा १७ दलले निर्वाचनमा भाग लिँदैछन् । जिल्लामा यस पटकको निर्बाचनमा मतदानस्थलको संख्या १ सय ५१ रहेको छ भने मतदान केन्द्र दुई सय ८५ रहेका छन् ।